शिवराज नगरपालिकाको पश्चिम जंगलमा पर्ने भाइरल चट्टानी डाँडामा शिवको शिव महादेब बनाएका छन् । नगरपालिकाको वडा नम्बर १ मा चन्द्रौटा बाट दाङतर्फ जाने क्रममा महेन्द्र राजमार्गसँग जोडिएको एउटा डाँडो छ । उक्त डाँडो वरिपरिको क्षेत्र शिवगढीको नाममा चर्चित छ ।
उक्त डाँडो नजिक पर्दा जो कोहि पनि रोकिएर फोटो तथा भिडिओ खिचाउने गर्दछन् । आन्तरिक र बाह्य पर्यटकको रोजाईमा पर्ने भएकाले त्यसलाई पर्यटकीय रुपमा नै अघि बढाउने गरी नगरपालिकाले भगवान शिवको ठुलो आकृति बनाएको नगरप्रमुख अजय थापाले बताएका छन् । धार्मिक पर्यटन बढाउन आफूहरु यो योजनामा लागेको उनले बताए । डाँडाको भित्तामा शिवको आकृति देख्न पाइने थापाले बताए । फेसबुकमार्फत पनि उनले यो कुराको पनि जानकारी गराएका छन् ।