कपिलवस्तुको बाणगंगाबाट मोटरसाईकल चोरी गर्ने एक जनालाई नवलपरासीबाट प्रहरीले पक्राउ गरेको छ ।
बाणगंगा ६ अमौलीबाट मोटरसाईकल चोरी गर्ने नवलपरासीको सुस्ता गाउँपालिकाका ३७ वर्षीय पियुस भनिने मिथुन सुसाधलाई गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल रायमाझीले कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो ।
गत वैशाख २६ गते अमौली स्थित आफ्नै घरमा पार्किङ गरी राखेको लु ९० प ८३४१ नम्बरको मोटरसाईकल चोरी गरेको भन्ने उजुरी ईलाका प्रहरी कार्यालय पिपरामा परेको थियो । विभिन्न जिल्लाका प्रहरीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा नवलपरासीबाट उनलाई पक्राउ गर्न सफल भएको रायझीले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय दुम्किबासको सहयोगमा अनुसन्धान गर्दा उक्त मोटरसाईकल गोरखाको गण्डकी गाँउपालिका वडा नम्बर ७ का सुजन रुखापातीले नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको पाइएको थियो । उक्त अनुसन्धान पछि इलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासीको समन्वयमा अनुसन्धान गर्दा सुस्ताका मिथुन सुसाधले चोरी गरेको अनुसन्धनले देखाएको पिपरा प्रहरी प्रमुख रायमाझीले जनहित सङ्ग बताउनुभयो ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक रायमाझीले तस्करको जालो तोड्ने ,आपराधिक क्रिर्याकलापमा संलग्नलाई कारवाही गर्ने काम गरेका छन् । उनले केही दिन अगाडि मात्र हरिण , हात हतियार, सहित चार जना मानिसलाई समेत नियन्त्रमाण लिएका छन् । प्रहरी निरिक्षक रायमाझी ईलाकामा हाजिर भएको केही दिन पछि यस स्थानको प्रमुख समस्या लागु औषध भन्ने आफले पाएको सुचनाका आधारमा लागु औषध सुन्य बनाउने अभियानमा लागेका प्रहरी निरिक्षक त्यसमा पनि उनले अहिले सम्म कै ठुलो परिणाममा लागु औषधको कारोवार गर्ने सबै कारोवारीका नियन्त्रणमा लिएर कारवाहीको प्रक्रिर्या अगाडि बडाएका छन् । प्रहरी निरिक्षक रायमाझीको मिसन ठुला आपराधीक घटना घटाउने तर्फ उनको मिसन लक्षित रहदै आएको प्रहरी निरिक्षक रायमाझीले बताए । ठुला घटना घट्न नदिए मात्र सानातिना घटना स्वतह कमिहुने उनको ठम्माई छ ।
प्रहरी निरिक्षक रायमाझी जिल्ला मै आपराधिक क्रिर्याकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउन सफल अब्बल प्रहरी निरिक्षकको रुपमा समेत उनले आफनो छवि बनाएका छन् ।