कपिलवस्तुको बाणगङ्गामा समुदाय सँग कानुनी सचेतना कार्यक्रम गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कपिलवस्तुको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको संयोजनमा कार्यक्रम गरिएका हो । बाणगङ्गा वडा न। २ पिपराको सभाहलमा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साहयक जिल्ला न्यायाधिवक्ता तुल्सीराम ज्ञवालीले सरकारी वकिलको तर्फबाट कानून र न्याय बिचमा प्रकाश परेका थिए । यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल जंग रायमाझीले नगर भित्र भएका विभिन्न प्रकृतिका घटनाहरूको बारेमा जानकारी दिदै कसरी सचेत रहने भन्ने विषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता प्रकाश मरासिनीको अध्यक्षता, वडा न। २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको वशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख वडा टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधि वडा सदस्यहरू, आमा समूह, महिला अधिकारकर्मी, नागरिक अगुवा, स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।