इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएर आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले खेलको २० औँ मिनेटमा गोल गरे । जित पछि आर्सनलको ३७ खेलमा ८६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ३६ खेलमा ८५ अङ्क छ । आर्सनलले अब आउँदो हप्ता एभर्टनसँग खेल्नेछ ।