कपिलवस्तुको पिपरामा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टले बिभिन्न समयमा चालक तथा सहचालक लागि ट्राफिक सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपराले चालक तथा सहचालक संग १ मिनेट सवारी दुर्घटना न्युनिकरण सम्बन्धी ट्राफिक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
प्रहरी नायव निरिक्षक सरोज के.सी. अस्थायी प्रहरी पोष्टको प्रमुख भएर आए पछि उहाँले चारनम्बर क्षेत्रमा रहेको अव्यवस्थीत पार्किङ्गले पैदल यात्री ,आम सर्वसाधारण, व्यवसायीहरुलाई पारेको असुविधाको गुनासोका आधारमा ट्राफिक प्रहरीले सुधारको गरेकोमा ४ नं. क्षेत्रका आम व्यवसायी , सर्वसाधारणले ट्राफिक प्रहरी प्रति धन्यवाद व्यक्त गरेका छन् ।
बेलाबेलामा हुने सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले विद्यालय स्तरमा बिद्यार्थी , बाटोमा हिड्ने पैदल यात्रीहरुलाई बाटो काट्दा जेब्रा क्रशको प्रयोग कसरी गर्ने , राजमार्ग क्षेत्रमा सवारी नियन्त्रण गर्न राखिएका ट्राफिक संकेतका बारेमा जानकारी ,सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुरा र के गर्दा दुर्घटना न्यूनिकरण गर्न सकिन्छ । भन्ने कुरालाई लक्षित गर्दै यात्रुहरुका लागि पनि यात्राको क्रममा गाडिका सहचालकले बडि भाडा लिएमा , संकास्पद व्यक्ति गाडि यात्रुलाई दुव्र्यवहार गरेमा तत्काल १०३ मा ट्राफिक प्रहरीलाई खवर गर्ने जानकारी गराउदै ट्राफिक सचेतना सम्बन्धी दैनिक जसो कार्यक्रम सञ्चालन गर्दै आएको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुख प्रहरी नायव निरिक्षक के.सी.ले बताउनु भयो ।
प्रहरी नायव निरिक्षक के.सी.ले स्थानीय वडा, नगरपालिका संगको सहकार्यमा ट्राफिक सचेतना सम्बन्धी कक्षा संञ्चालन गरेको , स्थानीय नागरिक समाज संगको सहकार्यमा चालक तथा सह चालकलाई जम्मा गरि मादक पदार्थ , लागुऔषध, सेवन गरि सवारी साधन चलाएमा के कस्तो किसिमको कानुनी कारवाही हुन्छ त्यसले हुने जन धनको क्षति सवारी दुर्घटनाको मुख्य कारक भनेको मादक पदार्थ,लागुऔषध रहेको हुदा त्यसको न्यूनिकरणका लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट पिपराले कडाईका साथ सडक दुर्घटना न्यूनिकरणमा लागेको हुदा यस क्षेत्रमा मादक पदार्थ ,लागु औषध सेवन गरेर सवारी साधन चलाउनेलाई कडा भन्दा कडा कारवाही गरिने प्रहरी नायव निरिक्षक के.सी. बताउनु भयो । साथै सवारी दुर्घटना न्यूनिकरण ट्राफिक प्रहरीको महत्व पुर्ण भुमिका हुने हुदा आम सर्ब साधारणले कहि कतै दुर्घटना गराएर फरार हुने गाडिकाका बारेमा पनि आम नागरिका नाताले गोप्य सुचना दिएर ट्राफिक प्रहरीलाई सहयोग गरेमा प्रहरीले त्यस्ता बिषयमा पनि कानुनी कारवाहीका लागि ठुलो भुमिका खेल्ने बताउनु भयो