कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ धनेश्पुरमाका बोम बहादुर उचाई माथि मित्रलाल सापकोटाले कुटपिट गरेको आरोप लागेको छ ।
सामाजिक अगुवा समेत रहेका बोम बहादुर उचाई माथि मित्रलाल सापकोटाले आफनो जग्गामा जेसिभी किन लगाएको भन्दै जेसिभिका चालकलाई धम्काएर उनले उचाई माथि आफनो हातको हेल्मेट प्रहार गरे पछि उचाईले प्रतिकार गर्न खोज्दा खुट्टा ,आखाँ , मुखमा घाउ चोट पटक लागेको प्रत्यक्ष दर्शिले बताएका छन् ।
सापकोटाको टाउकोमा केही बाहिरी चोट नरहे उनी आफना गल्ती कम्जोरी लुकाउन ४/५ जना आफन्त लिएर हतार हतार इलाका प्रहरी कार्यालय पिपरामा निबेदन दर्ता गराउन पुगेर उनी उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पतालमा भर्ना भएका थिए । सामान्य उपचार पछि अहिले बुटवलको एडमण्ड सिटी अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् । उनको उपचारमा खटिएका डाक्टर राजिव भण्डारीले सापकोटा आईतवार राति १० बजेको समयमा भर्ना भएको र कपिलवस्तु सामुदायिक अस्पतालको रिपोर्ट सामान्य रहेको एडमण्ड सिटी अस्पतालको रिर्पोट समेत सामान्य आएको भोलि डिस्चार्ज गर्ने डाक्टर भण्डारीले बताउनु भयो । तर उनलाई बाहिरी चोट केही नभएकोले उनलाई आफनो काण्ड लुकाउनका लागि अस्पतालमा भर्ना भएको उनी माथि आरोप छ । तर मित्रलालले आफ्नो टाउकोमा गहिरो चोट लागेको बताउँदै सिटीस्क्यानको रिपोर्ट कुरेर बसेको उनले बताए । यता वम बहादुर उचाई सी एण्ड सी अस्पताल चार नम्बरमा भर्ना भई उपचार गरे पछि डिस्चार्ज भएर घर गएका छन् । वम बहादुरको निधार, अनुहार र आँखामा पनि चोट लागेको छ ।
लामो समय देखि सापकोटाले वाणगंगा नगर वडा नं. ८ धनेश्पुरमा रहेका सार्वजनिक जग्गा समेत आफनो नाममा गराएर कब्जा गरेको बिषयमा धनेश्पुर टोल बिकास संस्थाका अध्यक्ष कल्पना शर्माको अध्यक्षतामा बैठक बसी सापकोटा बिरुद्ध बडा, नगरपालिका जिल्ला प्रशाशन कार्यालय तौलिहवा कपिलवस्तुमा २०८०।०६।०८ गते दर्ता नं.१२१७ अत्तियार अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा २०८०।०६।१४ गते दर्ता नं. ८–०२०८५९ उजुरी समेत दर्ता गराएका छन् ।
३५ बर्ष देखि भु माफियाको रुपमा सापकोटाले आफुले बिक्रि गरेका जग्गा किनेको मान्छेले बर्षौ देखि जोत भोग गर्दै आएको आफुले किनेको जग्गा सापकोटा कै नाममा कसरी गयो । भन्ने बिषयमा धनेश्पुरका स्थानीय चकित समेत परेका छन् ।
सापकोटाले त्यती मात्र होईन धनेश्पुरमा रहेको सार्बजनीक जग्गामा बनेको नागेश्वर शिवालय मन्दीरका ०–०१–१९ क्षेत्रफलको कित्ता नं. ३६७ मन्दिर कै जग्गा सापकोटाले मन्दीरलाई नै ७ लाखमा बेचेको समेत स्थानीयले माईनोटमा उल्लेख गरि बिभिन्न निकायमा पेश गरेका छन् । भने उनी आफु मन्दिर व्यवस्थापन समितीको अध्यक्ष रहेका बेला सहयोग बापतको ५ लाख रकम भेटि समेत हिनामिना गरेको आरोप उनी माथि स्थानीयले आरोप लगाएका छन् ।
आफनो फममा जाने कालोपत्रे बाटो २ ख कित्ता नं. १११६ नम्बरको कित्ता समेत आफनो नाममा बनाएको भन्ने उल्लेख गरेका छन् । त्यती मात्रै हैन उनले वाणगंगा नगरपालिका वडा नं. ७ बनगाई मुडेवावाको मन्दीरको नजिक बनाएको घर पनि सार्वजनीक कुलो अत्तिक्रमण गरेर ४ तल्ले घर निर्माण गरेका छन् । सो बिषयमा पनि बिवादित रहदै आएका छन् । उनले स्थानीय बासिलाई लाल पुर्जा भएको जग्गालाई एैलानी हो । भनि रुद्र बहादुर उचाई ठकुरीलाई भ्रममा पारेर २ लाख ५० हजारमा सापकोटाले किनेर १७ लाखमा किनेर साना किसान कृर्षि सहकारी संस्थालाई बेचेको स्थानीयले बताएका छन् ।
सापकोटाले आफनो बिषयमा परेको उजुरीको बिषयलाई राजनैतिकरण गरि पावरको प्रयोग गर्दै जिल्ला प्रशासन ,अत्तियारमा परेको उजुरी समेत खारेज गर्नका लागि परेको स्थानीयले उनी माथि आरोप छन् ।