कपिलवस्तुको विजयनगर गाउँपालिकाले १६ गतेदेखि खुवाउन लागिएको हात्तीपाइले रोग विरुद्धको अभियानलाई प्रभावकारी र सफल बनाउन अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
१६ औँ चरणमा खुवाउन लागिएको हात्तीपाइले रोग विरुद्धको औषधी अभियानलाई सफल बनाउन पुर्व तयारी गर्दै सरोकारवालाहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
हात्तीपाइले रोग निवारण कार्यक्रम २०८१ लाई सफल बनाउन सरोकारवालासँग बृहत छलफल सहित अभियानमा लाग्ने तयारीमा जुटिरहेको उहाँले बताउनुभयो । ‘हात्तीपाइले रोग विरुद्धको औषधी खाऔँ, हात्तीपाइले रोगबाट आफू पनि बचौँ र बचाऔँ’ नाराका साथ यो अभियानमा लागेको अधिकारीले बताउनुभयो ।
उहाँले हात्तीपाइले निवारणका लागि सरोकारवालासहित योजनाबद्ध रुपमा लाग्ने तयारी भएको बताउनुभयो ।