नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ ९नेविसंघ० ले आफ्नो ५५औँ स्थापना दिवसमा कपिलवस्तुका १० स्थानीय तहलाई क्षेत्र सुधारको माग राख्दै सुझावसहितको ज्ञापन पत्र बुझाएको छ । नेविसंघका जिल्ला अध्यक्ष चन्द्रकान्त पोख्रेलले जिल्लाका १० वटै पालिकामा शैक्षिक सुधारका लागि सुझावसहितको ज्ञापन पत्र बुझाएको बताए ।
विहिबार बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याललाई अध्यक्ष पोख्रेलसहित नेपाल कांग्रेस कपिलवस्तुका सचिव शक्तिसिंह ठकुरी, नेपाली कांग्रेस बाणगंगाका सचिव सुर्यप्रसाद बराल तथा विधार्थी नेताहरुले ज्ञापन पत्र बुझाएका हुन् ।यसैगरि नेविसंघले जिल्लाका अन्य पालिकामा पनिसुझावसहितको ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै मेयर अर्यालले नेविसंघको माग अनुसार ‘स्किल अफ फ्राइडे’ र लागू औषध मुक्त नगरपालिका बनाउने तयारीमा लाग्ने बताए ।
उनले बाणगंगामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर काम गरेता अझै थुप्रै विषयहरूमा काम गर्नुपर्ने बताए । विहिबार देशभरका पालिकामा नेविसंघले केन्द्रीय समितिको निर्णयअनुसार १७ बुँदे सुझावसहितको ज्ञापन पत्र बुझाएको हो ।