कपिलवस्तु जिल्लाकै उत्कृष्ट र प्रविधि उन्मुख बाणगंगा खानेपानी तथा सरसफाई संस्था बाणगंगा वडा नम्बर २ नन्दनगरले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई स्वागत तथा सम्मान गरेको छ । गहृ जिल्लामा आएको समयमा उपाध्यक्ष घिमिरेलाई हार्दिक बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि सफल कार्यकालको शुभकामना सहित स्वागत तथा सम्मान गरिएको संस्थाका अध्यक्ष विश्व कार्कीले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले सम्मानले आफुलाई काम गर्ने झन हौसला बढेको बताउदै जिल्लाको बिकासका लागि नीतिगत रुपमा प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षले देशको लागि संविधान भित्र रहेर काम गर्ने अधिकार उत्तिनै रहेको समेत जिकिर गर्नु भयो । साथै बाणगंगा खानेपानी तथा सरसफाई संस्थाले उपभोक्ताका लागि शुद्ध पानी वितरण गर्दै उदारणीय काम गर्दै आएको बताउनुभयो ।
फरक प्रसंगमा उहाँले सामुदायिक वनका बजेट धेरै हुने भएकाले बजेटलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्कीले संस्थाका समग्र क्रियाकलाप, संस्थाको अवस्था, आगामी योजनाका बारेमा स्पष्ट पार्नुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नगर अध्यक्ष समेत रहनुभउका अधिकारीले जिल्लाका खानेपानीका अवस्था र समस्याहरुको बारेमा समेत जानकारी दिनुभयो । लुम्बिनी प्रदेशका सांस्द गिरधारीलाल न्यौपाने, वडा नम्बर २ का वडा अध्यक्षय विष्णु प्रसाद पौडेल लगायतले राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरेलाई सम्मान गर्न पाउँनु जिल्लाकै गौरवको बिषय भएको बताउनुभयो ।
भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीका स्वकिय सचिव भेषराज पाण्डे, समाजसेवि दोर्णराज सुवेदी, वडा नम्बर ८ वडा सदस्य शैलेन्द्र बेल्बासे, मनकामना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष अध्यक्ष मुक्त बहादुर कार्की, खानेपानीका संस्थाका पदाधिकारी तथा सदस्य, अन्य उपभोक्ता, लगायतको उपस्थिती रहेको कार्यक्रम संस्थाका सचिव हिमलाल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।