आगो निभाउने क्रममा गुल्मीमा आज सोमवार एक जनाको ज्यान गएको छ । स्थानीय सल्लाघारीमा लागेको आगो निभाउने क्रममा मुसिकोट नगरपालिका–१ का ५८ वर्षीय महले घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।
सर्वोदय माध्यमिक विद्यालयको सल्लाघारीमा लागेको आगो निभाउन गएको अवस्थामा अचानक आगोको लप्को आएपछि भाग्ने क्रममा घर्ती भीरबाट लडेका प्रहरीले जनाएको छ । यस्तै भीरबाट लड्नुभएका ५२ बर्षीय रेशम थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।