लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
शुक्रबार प्रदेश सभा बैठकमा भएको मत विभाजनमा उनले ४८ मत प्राप्त गरेका छन् । सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभामा हाल कायम सदस्यहरुको संख्या ८६ रहेकोमा विश्वासको मतको पक्षमा ४८ र विपक्षमा २८ मत परेको जानकारी गराए।
उनले मुख्यमन्त्रीले प्राप्त गरेको मत बहुमत रहेकाले मुख्यमन्त्रीले प्रदेश सभामा पेश गरेको विश्वासको मतसम्पन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।