नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको नब बर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कपिलवस्तुको तौलिहवा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितीका सभापति शिव लम्सालले नेपालको पत्रकारिता क्षेत्रको विकासका लागि अब जनप्रतिनिधिहरूलाई खबरदारी गर्न आवश्यक रहेको बताउदै गिरिजा प्रसाद कैरालाका पालमा नेपालको सञ्चालका क्षेत्रमा उल्लेखनिय काम हुन नसकेको दावी गर्नु भयो । २०४६ सालको जन आन्दोलन भन्दा नेताहरु कति पटक सरकारमा बस्नु भो भनेर प्रश्न गर्दैनौ, तपाई कति पटक मेयर हुनु भो भनेर प्रश्न गर्दैनौ , तपाई कति पटक वडा अध्यक्ष हुनुभो भनेर प्रश्न गर्दैनौ तपाई जन प्रतिनीधीहुदा नेपालको सञ्चार क्षेत्रलाई व्यवस्थीत गर्नका लागि तपाईको भुमिका के रहयो तपाईको नियत के रहयो आज हामी तपाईहरु संग त्यो प्रश्न गर्ने ठाउँमा पुगेका छौ । नेपालको संबिधानले स्वीकार गरेको राष्ट्रको चौथो अंग पत्रकारले तपाईले गरेका राज्य सत्ता समाल्दै गर्दा तपाईले जनता सामु गरेका बचन प्रतिबद्धताहरु पुरा गर्नु भयोकी भएन त्यो बिषयमा प्रश्न उठेको छ । जनताका बचन बद्धतालाई पुरा गरेको खण्डमा फेरि पनि नेपालका पत्रकारले तपाईलाई राज्य सत्तामा पुर्याउन तयार रहेको समेत उद्घोष गर्नु गर्दै नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले नब बर्ष २०८१ को पुर्ब सन्ध्यामा शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम राखि सबै पत्रकारहरु बिच जमघट गराई शाखाँको उदाहरणीय काम प्रति धन्यवाद व्यक्त गर्दै आउदै गरेको नव बर्ष २०८१ सालको उपलक्ष्यमा उपस्थीत नेता ,जन प्रतिनीधी ,पत्रकार ,समाजसेवी सम्पुर्णमा शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल सरकारका पुर्व महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले आयोजना गरेको नब बर्ष २०८१ सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम निकै नै सराहनीय काम रहेको बताउदै । सरकारले सञ्चार माध्यमको संरक्षणका लागि कुनै पनि किसीमको काम गर्न नसकेको बताउनु भयो । उहाँले यहाँका सञ्चार माध्यमलाई सुरक्षित गर्नका लागि सरकारले सञ्चार माध्यमहरुका लागि केही भए पनि अनुदान सहयोग गर्न सकेमा मात्र यहाँका सञ्चार माध्यम बलिया हुने कुरामा जोड दिनु भयो । यहाँका मिडियालाई बलियो बनाउनका लागि आफु जन प्रतिनीधी भएका हिसावले यहाँका स्थानीय मिडियाहरु संग अन्तक्रिर्या मिडियाका समस्या सम्बोधनका लागि आफुले सरकारमा पेश गर्ने जिकिर गर्नु भयो ।
कार्यक्रममा नेपाल प्रेस युनियन कपिलवस्तु शाखाका सभापति खग प्रसाद चापागाईको अध्यक्षता ,नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितीका सभापति शिव लम्सालको प्रमुख आतिथ्यता , नेपाल सरकारका पुर्व महिला,वालवालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचाय, नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्ब राजदुत नेपाली कांग्रेसका नेता ,दिप कुमार उपाध्याय नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान , ,नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य युवा नेता अभिसेक प्रताप शाह ,कपिलवस्तु क्षेत्र नं। २ बाट प्रदेश सभाका उम्मेद्धवार बिक्रम सिह थापा, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल ,शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी,लगायतले आ आफनो मन्तव्य राख्नु भएको थियो । भने कार्यक्रममा बिभिन्न संगठनका अध्यक्ष संघ संस्थाका प्रतिनीधीहरु, ,पत्रकार समाज सेवीहरुको उपस्थीती रहेको कार्यक्रमको स्वागत मन्तव्य , नेपाल प्रेस युनियनका शाखा उप सभापति गणेश पोख्रेलले गर्नु भएको थियो ।सचिब कृष्ण गैरेकोे सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो ।