रचना क्षेत्री
श्रि जनज्योति मावि विद्यालय बाणगंगा ७ मोतिपुर कपिलवस्तुको अभिभावक भेला, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि आज गरि अभिभावक सम्मान, दिवस नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो । कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । त्यस्तै कक्षा नर्सरी देखि कक्षा ९ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । उकत कार्यकम्रमा गरिव तथा जेहेन्दार विद्यार्थिलाई अभिभावक अक्षयकोषवाट छात्रावुति वितरण गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख तथा कार्यकम्रका प्रमुख अथिति खिमवहादुर जिसिले नगरवासीलाई गुणस्तरिय शिक्षाका प्रदान गर्नका लागि आफुहरु रात दिन नभनी लागिपरेको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा संगै अन्य खेलकुद विकासका पुर्वाधार र नागरिक सचेतनाको अभियानलाई समान रुपमा निरन्तरता दिईरहेको बताउनुभयो ।
यस्तै विशिष्ठ अथिति वाणगंगा नगरपालिका ७ का प्रतिनिधि सभा सदस्य हरु सावित्रा पौडेल र हरिसंकर पौडेलले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको वताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा विधालयका निम्ति प्रधानाध्यापक शिक्षिक नारायण प्रसाद घिमिरेले स्वागत मन्तब्य राख्दै जनज्योति विद्यालय उत्कृष्ट विद्यालयको सुचिमा पर्न सफल रहेको बताउदै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै विद्यालय ब्यावस्थापन समितिका नेत्रज्योति गिरिले मन्तब्य दिंदै आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो ।
विद्यालयको वाषर््िाक प्रतिवेदन विधालयका निम्ति प्रधानाध्यापक शिक्षिक नारायण प्रसाद घिमिरेले प्रस्तुत गर्दै सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका पुरस्कारहरुको वारेमा जानकारी गराउनुभएको थियो ।
अथितिहरुमा ,पुर्वशिक्षक वावुराम खनाल ,दिपक कुमार भटराई सुसिला पाण्डे, ललितकुमार पौडेल विद्यालय ब्यावस्थापन समितिका पुर्व अध्यक्ष नित्यान्द पाण्डे ,पुर्व प्रधानाधयापक चिन्तामणि आचार्य पुर्व अध्यक्ष श्रिधर घिमिरे को आथित्यता रहेको कार्यकम्रमा विद्यालय ब्यावस्थापन समितिका पधाधिकारि हरु शिक्षक अभिभावक ,टोल विकास संस्थाका प्रतिनिहिरु एवम विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएतको उपस्थ्तिी रहेको थियो । उक्त कार्यकम्रमा लामो समयसम्म सक्रिय रहि उत्कृष्ट शिक्षण गर्नुभएका शिक्षीका गिता थापार एस ईई मा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकहरु नारायण प्रसाद पौडेल, सुनिता कडेल ,देवरुपा भण्डारि र चुरामणि पौडेललाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा दिनभर विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मन्त्रमुन्ध पारेका थिए
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष नेत्रजयोति गिरिको अध्यक्षता बाणगंगा नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख खिमवहादुर जिसिको प्रमुख आथित्यता रहेको कार्यक्रममा विद्यालयका अक्षयकोष दाताहरुलाई सम्मान का साथै, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भन विधालयका निम्ति प्रधानाध्यापक शिक्षिक नारायण प्रसाद घिमिरेका्े स्वागत तथा शिक्षक हरु झगेशवर अर्याल र चुरामणि पौडेलको संयुक्त सञ्चालनमा सम्पन्न भएको छ ।