रचना क्षेत्री
श्रि सुर्योदय आधारभुत विद्यालय बाणगंगा ८ चप्परगाउ कपिलवस्तुले ३५ औं अभिभावक दिवस, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा भव्य कार्यक्रमको आयोजना गरि गरि ३५ औं अभिभावक सम्मान, दिवस नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो । कार्यक्रममा एक शैक्षिक सत्र भरि विभिन्न खेलकुद, अतिरिक्ति क्रियाकलाप तथा विभिन्न प्रतिस्पर्धाहरुमा भाग लिई उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । त्यस्तै कक्षा नर्सरी देखि कक्षा ८ सम्म विभिन्न विधागत तथा शैक्षिक पुरस्कार समेत प्रदान गरेको छ । कार्यक्रममा विद्यार्थीहरु तथा शिक्षकहरुले मनोरञ्जनात्मक प्रस्तुती राखी उपस्थित अभिभावक तथा अतिथिहरुलाई मख्ख पारेका थिए । उकत कार्यकम्रमा २० जना गरिव तथा जेहेन्दार विद्यार्थिलाई अभिभावक अक्षयकोषवाट छात्रावृति प्रदान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाणगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कार्यकम्रका विशिष्ठ अथिति वावुराम अर्यालले नगरवासीलाई गुणस्तरिय शिक्षाका प्रदान गर्नका लागि आफुहरु रात दिन नभनी लागिपरेको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा संगै अन्य विकासका पुर्वाधार र नागरिक सचेतनाको अभियानलाई समान रुपमा निरन्तरता दिईरहेको बताउनुभयो ।
यस्तै विशिष्ठ अथिति लुम्विनी प्रदेशका सभासद माननिय गिरिधारिलाल न्यौपाने ले विद्यालयलाई यो स्थान सम्म ल्याउनका लागि सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको वताउनुभयो । उहाँले विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा विधालयकि शिक्षिका कोपिला पन्थीले शुभकामना मन्तब्य राख्दै सुर्योदय आधारभुत विद्यालय उत्कृष्ट विद्यालयको सुचिमा पर्न सफल रहेको बताउदै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै विद्यालय ब्यावस्थापन समितिका कार्यवाहक अध्यक्ष उमेसचन्द्र पौडेल ले मन्तब्य दिंदै आफुहरुले गरेको विश्वास अनुसार वालवालिकाले गुणस्तरिय शिक्षा प्राप्त गरेको बताउनुभयो ।
विद्यालयको वाषर््िक प्रतिवेदन विद्यालय का प्रअ धर्मराज भटराईले प्रस्तुत गर्दै सुरुवात देखि अहिले सम्मको शैक्षिक गतिविधि, विद्यार्थीहरुका महत्वपुर्ण नतिजा, विद्यालयले प्राप्त गरेका अवार्डहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
शिक्षा प्रेमि हुमनाथ पौडेल, वडा अध्यक्ष वावुराम अर्याल, रमाप्रसाद भटराई,जानका पौडेल ,विद्यार्थि अपिल खनाल ,सुर्य प्रसाद भुसाल,लगायतले सुभकामना मन्तव्य राख्नुभयो ।
विद्यालय ब्यावस्थापन समितिका कार्यवाहक अध्यक्ष उमेसचन्द्र पौडेल अध्यक्षता लुम्विनी प्रदेशका सभासद माननिय रिधारिलाल न्यौपानेको प्रमुख आथित्यता रहेको कार्यक्रममा विद्यालयका अक्षयकोष दाताहरुलाई सम्मान का साथै, अभिभावक, विद्यार्थी शिक्षक कर्मचारी, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो भने विद्यालयका शिक्षक कोपिला पन्थीको स्वागत तथा शिक्षक रेसमलाल खनालको सञ्चालनमा सम्पन्न भएको छ ।