नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले कपिलवस्तुको समग्र विकास प्रति एमाले जिम्मेवार रहेको तर्क गर्दै वर्तमान सरकारले कपिलवस्तुको विकासका सवालमा सुविचारित कार्य गर्नुपर्नेमा जोड दिनु भयो । जिल्ला इन्चार्ज भट्टराईले आगामी जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्ने समेत दावी गर्नु भयो ।
नेता भट्टराईले पार्टी नेता, कार्यकर्ताको भावना अनुसार खुलस्त छलफल गर्दै पार्टी नेतृत्व चयन गर्ने जिकिर गर्नु भयो । नेता भट्टराईले युवा नेतृत्व निर्माण प्रति लक्षित गर्दै राजनैतिक वैचारिक परिपक्कता हुनुपर्नेमा जोड दिनु भयो ।
कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले जनताको बीचमा काम गर्ने कार्यकर्ता स्थापित गर्ने काममा पार्टीले ध्यान पु¥याउने जिकिर गर्नु भयो । नेता भट्टराईले एमाले जिल्ला कमिटी कपिलवस्तुको १३ औं पूर्ण वैठकलाई पकडीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।