नव नियुुक्त भुमी ब्यवस्था, सहकारी तथा गरबी निवारण मन्त्री बलराम अधिकारीलाई कपिलवस्तु मेयर्स क्लवले स्वागत एवं सम्मान गरेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका मन्त्री अधिकारीलाई मेयर्स क्वल र जिल्ला समन्वय समितिको टोलीले कपिलवस्तु नगरमा खादा र फ्ुलमाला लगाएर स्वागत गरेका हुन ।
जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्य, उप प्रमुख रमेश कुमार कुर्मी मेयर्स क्लवका अध्यक्ष तथा बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, महराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल, बाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल, शिवराज नगरपालिकाका मेयर अजय थापा, सुद्धोदन गाउपालिकाका अध्यक्ष कमलेशशरण चौधरीले मन्त्री अधिकारीलाई खादा ओढाई सम्मान गरेका थिए ।
सो अवसरमा मन्त्री अधिकारीले पछि परेको जिल्लाको विकासकालागि सबै मिलेर काम गर्नु पर्ने बताउनु भयो । उहाँले आफुले जिल्लाको भुमी सम्बन्धी समस्या चाडै समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयोे ।