Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

आर्थिक वर्ष २०८१÷८२ का लागि डेढ अर्व अनुदान 

हाम्रो पाईला हाम्रो पाईला
२०८० चैत्र १४, बुधबार १:१७ PM
कपिलवस्तुमा हात्तीपाईले रोगको निवारणन सकेन

कपिलवस्तुका दश स्थानीय तहले आगामी आर्थिक वर्षमा प्राप्त गर्ने अनुदानका लागि सिफारिस गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१÷८२ का लागि जिल्लाका स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान डेढ अर्ब रुपैयाको सिफारिस गरेको हो । जसअनुसार, कपिलवस्तुको बाणगंगा नगरपालिकाले न्यूनतम् अनुदान ५ करोड, सुत्रमा आधारित १३ करोड ४९ लाख र कार्य सम्पादनमा आधारित ६० लाख गरी कूल १९ करोड ९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकाले न्यूनतम् अनुदान ४ करोड ७५ लाख, सुत्रमा आधारित १३ करोड २३ लाख र कार्य सम्पादनमा आधारित ४३ लाख गरी कूल १८ करोड ४१ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने छ । शिवराज नगरपालिकाले न्यूनतम अनुदान ४ करोड ७५ लाख, सुत्रमा आधारित ११ करोड ७२ लाख र कार्य सम्पादनमा आधारित ४८ लाख गरी कूल १६ करोड ९५ लाख रुपैयाँ अनुदान पाउने भएको छ । यस्तै, बुद्धभूमि नगरपालिकाले न्यूनतम् अनुदान ४ करोड ५० लाख, सुत्रमा आधारित ११ करोड ६३ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख गरी कूल १६ करोड ६५ लाख रुपैयाँ अनुदान पाउने छ ।

उता, कृष्णनगर नगरपालिकाले न्यूनतम् अनुदान ४ करोड ५० लाख, सुत्रमा आधारित ११ करोड १९ लाख र कार्य सम्पादनमा आधारित ३४ लाख गरी कूल १६ करोड ३ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । महाराजगंज नगरपालिकाले न्यूनतम् अनुदान ४ करोड २५ लाख, सुत्रमा आधारित ९ करोड ९० लाख र कार्य सम्पादनमा आधारित ४० लाख गरी कूल १४ करोड ५५ लाख रुपैयाँ अनुदान पाउने भएको छ । मायादेवी गाउँपालिकाले न्यूनतम् अनुदान ४ करोड, सुत्रमा आधारित ८ करोड ७१ लाख र कार्य सम्पादनमा आधारित ३७ लाख गरी कूल १३ करोड ८० लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । यसैगरि, शुद्धोधन नगरपालिकाले न्यूनतम् अनुदान ४ करोड, सुत्रमा आधारित ८ करोड ७१ लाख र कार्य सम्पादनमा आधारित ३८ लाख गरी कूल १३ करोड ९ लाख रुपैयाँ अनुदान पाउने भएको छ ।

यसोधरा गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड ७५ लाख, सुत्रमा आधारित ८ करोड १ लाख र कार्य सम्पादनमा आधारित ३८ लाख गरी कूल १२ करोड १४ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ । बिजयनगर गाउँपालिकाले न्यूनतम् अनुदान ३ करोड ७५ लाख, सुत्रमा आधारित ७ करोड ५२ लाख र कार्य सम्पादनमा आधारित ३९ लाख गरी कूल ११ करोड ६६ लाख रुपैयाँ अनुदान पाउने भएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस्तो अनुदान तय गरी सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको हो । अनुदान सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान गरेर तीनवटा शीर्षकमा विभाजन गरिएको आयोगले जनाएको छ ।

यसैगरी, स्थानीय तहका हकमा न्यूनतम अनुदान सिफारिस गर्दा जनसङ्ख्यालाई मुख्य आधार बनाइएको छ । ‘न्यूनतम अनुदान सिफारिस गर्दा १० हजारभन्दा कम जनसङ्ख्या भएका स्थानीय सरकारलाई दुई करोड ७५ लाख र १० हजारभन्दा बढी तर दुईलाख भन्दा कम जनसंख्या भएका स्थानीय सरकारलाई प्रतिदश हजार जनसङ्ख्या वृद्धिमा २५ लाख अनुदान रकम वृद्धि गरिएको छ। दुई लाखभन्दाबढी जनसङ्ख्या भएका स्थानीय सरकारलाई एकमुष्ठ सात करोड ७५ लाख न्यूनतम समानीकरण अनुदान निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

वनगाई कपिलवस्तुमा कपिलधाम आयुर्वेद फार्मा सञ्चालन

वनगाई कपिलवस्तुमा कपिलधाम आयुर्वेद फार्मा सञ्चालन

बुटवल–चन्दौटा सडक खण्डको ठेक्कामा परिचालित सवारी साधन नै नदिजन्य पदार्थ चोरी तस्करीमा संलग्घन

बुटवल–चन्दौटा सडक खण्डको ठेक्कामा परिचालित सवारी साधन नै नदिजन्य पदार्थ चोरी तस्करीमा संलग्घन

बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य

बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य

कपिलवस्तुमा ट्राफिक नियम पालना गर्न नागरिक–प्रहरी सहकार्यमा नयाँ अभ्यास सुरु

कपिलवस्तुमा ट्राफिक नियम पालना गर्न नागरिक–प्रहरी सहकार्यमा नयाँ अभ्यास सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ताजा खबर

वनगाई कपिलवस्तुमा कपिलधाम आयुर्वेद फार्मा सञ्चालन

बुटवल–चन्दौटा सडक खण्डको ठेक्कामा परिचालित सवारी साधन नै नदिजन्य पदार्थ चोरी तस्करीमा संलग्घन

बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच आपसी सहकार्य

कपिलवस्तुमा ट्राफिक नियम पालना गर्न नागरिक–प्रहरी सहकार्यमा नयाँ अभ्यास सुरु

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल