इडियन प्रिमियर लिग ९आईपिएल० क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलूरुले पञ्जाब किंग्सलाई हराएको छ । बेंगलुरुको यो पहिलो जित हो । उद्घाटन खेलमा बेंगलुरु चेन्नईसँग पराजित भएको थियो । घरेलु मैदानमा हिजो भएको खेलमा बेंगलूरुले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो ।
पञ्जाबले दिएको १ सय ७७ रनको लक्ष्य बेंगलूरुले ४ बल बाँकी रहँदा ६ विकेट गुमाएर भेट्टायो । आरसिबिका लागि विराट कोहलीले ५९ बलमा ११ चौका र २ छक्का सहित सर्वाधिक ७७ रन बनाए । यस्तै दिनेश कार्तिकले १० बलमा ३ चौका र २ छक्कासहित २८ रनको अविजित इनिङ खेले । हर्शल पटेलले २ चौका र २ छक्का हाने । पञ्जाबका लागि कागिसो रबाडा र हरपृत ब्रारले समान २–२ विकेट लिए ।
यस्तै स्याम करन र हरशल पटेलले १–१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । पञ्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा सर्वाधिक ४५ रन बनाए ।
यस्तै जितेश शर्माले २७, प्रभसिम्रन सिंहले २५ तथा श्याम करनले २३ रन बनाए । शशाङ्क सिंहले २१ रन जोडे । बेंगलूरुका लागि मोहम्मद सिरज र ग्लेन म्याक्सवेलले समान २–२ विकेट लिए । यस्तै यश दयाल र अलजारी जोसेफले १–१ विकेट लिए । आईपिएलमा आज चेन्नई सुपरकिंङस र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे हुने छ ।