Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

तिलौराकोट साझेदारीमा २ सय बढि रुख हराए

हाम्रो पाईला हाम्रो पाईला
२०८० चैत्र १०, शनिबार १०:५१ PM
तिलौराकोट साझेदारीमा २ सय बढि रुख हराए

तिलौराकोट साझेदारी बनका २ सय बढि ढलापडा रुख हराएको छ । असोज २० गते आएको हावाहुरीले ढलाएका रुखहरु मध्ये २ सय ६ वटा रुख भेटिएको छैन । साझेदारी बनको दक्षिणी भागको ५ वटा ब्लकमा गरि कुल २ हजार ४२ वटा रुख हावाहुरीले ढालेको थियो ।

तर केहि दिन अघि मात्रै ढलापडा छपान गर्ने क्रममा १८३४ वटा रुख मात्र भेटिएको छ । बाँकी २ सय ६ वटा रुख कहाँ गयो र कस्ले लग्यो भन्ने कुनै जानकारी नभएको साझेदारी बनका एक सदस्यले बताए । उत्तरी क्षेत्रको ढलापडाको छपान अझै नभएको र तत्कालिन अवस्थाका बन कर्मचारीहरुले तथ्यांक समेत संकलन नगरेको बताइएको छ ।कुनै समय बन व्यवस्थापनमा देशकै नमूना बनेको तिलौराकोट साझेदारी बनले व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको छ ।

समूहमा रहेको २ करोड बढि रकमलाई विभिन्न बहानामा खर्च गर्ने, मनपरि बजेट बाडँफाड गर्ने, विभिन्न बहाना देखाई तोकिए भन्दा बढि वैठक र अनुगमन भत्ता लिने होडबाजीले बनको संरक्षण र विकास तर्फ ध्यान गएको पाइदैन । कार्ययोजना तथा १२ औ बार्षिक साधारण सभाबाट पारित कार्यक्रम अनुसार समेत साझेदारी अघि बढ्न सकेको छैन । कार्ययोजना अनुसार समयमै कार्य सुरु भएको छैन । जसकारण संकलन गरिसक्नुपर्ने काठ दाउरा ७ महिना सम्म जंगलमै छाडिदा करिब ८० लाख बढि आम्दानी हराएको छ ।

बन क्षेत्रमै ढलेका रुख हराएपछि अहिले साझेदारी बन समूह र डिभिजन बन कार्यालय कपिलवस्तु त्यसलाई लुकाउने खेलमा लागेको बताइन्छ । तत्कालिन सहायक बन अधिकृत प्रेमी लाल सिंहले संकलन गरि तयार पारेको ढलापडा रुखको नापजाँच सहितको विवरण नै गायब बनाएर छपान गरिएको रुख मात्र ढलेको बनाउन समूहका अध्यक्ष जयप्रकाश पाण्डे लागेको बताइन्छ । समूहकै पदाधिकारी श्रोत अनुसार केहि ढलेका रुख तस्करहरुले कटान गरि लगेको, केहिले दाउरा चिरेर लगेको र केहि मिलेमतोमै बेचेको आशंका गरिएको छ ।

समयमै कार्ययोजना अनुसार काम नगर्नु, ढलापडा संकलन तथा थिनिङ, पुनरुत्पादन कटान गरिसक्ने समयमा कुनै काम अघि नबढ्दा बन व्यवस्थापनको चक्रिय प्रणाली समेत प्रभाविन हुने बनविज्ञहरु बताउछन् । साझेदारी बनबाट हराएको रुखको जाँच गर्ने कारवाही गर्ने निकाय डिभिजन बन कार्यालय आफै अध्यक्ष पाण्डेको गोजीमा भएकै कारण कुनै कारवाही तथा छानबिन नहुने डिभिजन बन कार्यालयकै कर्मचारीहरुको दाबी छ । “दाजु भाई मिलेका छन् ढलेको मात्र होइन यहाँ जंगलै बेचे पनि केहि हुदैन,” एक कर्मचारीले भने ।

ढलापडा भएका रुखहरु हराएपनि यसबारे समूहका अध्यक्ष पाण्डेले समूहको बैठक तथा डिभिजन बन कार्यालयमा कुनै लिखित जानकारी समेत गराएका छैनन् । उल्टै हतार हतार सूचना निकालेर ढलापडा संकलन गरि मुद्धा दबाउन लागेका छन् । उनले केहि दिन अघि मात्रै ढलापडा संकलनका लागि सूचना निकालेका छन् । तर बाँकी रुख कता गए भन्ने बारे उनले अनभिज्ञता प्रकट गर्दछन् । “बनमा जति ढलापडा हो त्यति छपान गरिएको छ, यस अघि कुनै डाटा लिइएको छैन, हराएको बारे थाहा भएन उनले भने ।

बन व्यवस्थापनमा चरम लापरवाही गर्दै आएको तिलौराकोट साझेदारी बनले आगलागीका क्रममा हुन सक्ने डढेलो नियन्त्रणमा समेत वेवास्ता गर्दै आएको छ । आगलागी फैलन रोक्ने फायरलाइन सफा गर्न रकम निकासा गरिएको छ तर सफा गरिएको छैन । फागुन महिना बाटै परिचालन गर्नुपर्ने अग्नी नियन्त्रण दस्ता समेत परिचालन गरिएको छैन । जसका कारण जंगलमा ढलेका रुखहरु जल्ने, नष्ट हुने र गुणस्तर समेत विग्रने जोखिम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल