Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा  .बाणगङ्गा नगरपालिका

हाम्रो पाईला हाम्रो पाईला
२०८० चैत्र ९, शुक्रबार १:३३ PM
पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा  .बाणगङ्गा नगरपालिका

कपिलवस्तुको बाणगङ्गा नगरपालिका जिल्लाकै पहिलो पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको छ । लुम्बिनी प्रदेश निर्देशनालयले जारी गरेको चार वटा प्रोटोकलहरु पुरा गरि विहिबार नगर पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा भएको हो । प्रदेश निर्देशनालयले जारी गरेको “पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड, २०८० अनुसारका चार वटा प्रोटोकलमा आवश्यक मापदण्ड पुरा गर्न सफल भएको हो ।

जस अन्तर्गत ४ पटक गर्भ जाँच गराएका महिलाको संख्या ९० प्रतिशत, स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाको संख्या ९५ प्रतशित, घरमा प्रसुति गराएका महिलाहरुको सङ्ख्या ०, प्रोटोकल अनुसार ३ पटक प्रसुति जाँच गराएका महिलाहरुको सङ्ख्या ९० प्रतिशत पुगेको हो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले यस्तो घोषणा झट्ट हेर्दा नदेखिए पनि मानवीय मुल्यको लागि निक्कै महत्वपूर्ण हुने बताउनुभयो । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पिडा हामिले अनुभव गर्न नसकिने भन्दै त्यस्तो पिडा अब नगरवासीले भोग्न नपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थिले नयाँ मान्छे जन्माउँदा नै मान्छे मोर्नुपर्ने अवस्था निक्कै दुखद हुने भन्दै यसको महत्व अथाह रहेको बतउनुभयो । फरक प्रसङ्गमा उहाँले केहिले बाणगंगा नगरपालिका बिगारे भन्ने आरोप नगर प्रमुख र आफुलाई लगाएको भन्दै त्यस्ता व्याक्तिहरुमा मानसिक समस्या हुन सक्ने समेत बताउनुभयो । केहि वर्ष पहिला बाणगंगा सहित सिङ्गो कपिलवस्तुको अवस्थाको बारेमा सबै जानकार रहेको भन्दै कपिलवस्तु अहिले प्रदेश र सिङ्गो देशकै मुल प्रवाहमा जोडिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष चक्रपाणी अर्यालले नगरका जनप्रतिनिधि, कर्मचारी र नगरवासीको सपना आज पुरा भएको बताउनुभयो ।

विगतको बाणगंगा र आफुहरु २०७४ सालमा निर्वाचित भएर आइसकेपछिको बाणगङ्गाको समग्र अवस्थाको बारेमा मुल्याङ्कन गर्न पनि उहाँले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गर्नुभयो । नगरको शिक्षा, स्वास्थ्य, पुर्वाधार, सामाजिक विकास, सुशासन लगायतको क्षेत्रमा आफुहरुले प्रसस्त काम गरिरहेको भन्दै त्यसलाई अझ बढाएर लैजाने प्रतिबद्धता जनाउनुभयो । घोषणा गरेर मात्र नगरको जिम्मेवारी पुरा नहुनेमा आफु सचेत रहेको भन्दै यसको जिम्मेवारी प्रति नगरको सम्पुर्ण टिम गम्भिर भएर लाग्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जनार्दन पन्थिले अन्नको भण्डार भएको ठाउँमा पनि कुपोषण देखिनु दुखको विषय भएको बताउनु भयो । त्यस्तै जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले घोषणा गरेर मात्र यसको औचित्य नरहने भन्दै यसलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले बाणगङ्गाले गरेको यस्तो महत्वपुर्ण कार्यको आफ्नो नगरले पनि सिको गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आफु कपिलवस्तुमा प्रजिअ भएर आइरहदा जिल्लाको दक्षिण तर्फ सरसफाइ, स्वास्थ्य लगायतका क्षेत्र कमजोर रहेको देखेको भन्दै त्यसको सुधारको लागि आफुले पहल गरिरहेको बताउनुभयो । नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी प्रदेसले जारी गरेका सम्पुर्ण प्रोटोकलहरु पुरा गरेकोले बाणगङ्गालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणा गरिएको बताउनुभयो । कार्यक्रममा नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी, बाणगङ्गा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायण प्रसाद चौधरी, नेपाली काङ्ग्रेस बाणगङ्गाका अध्यक्ष विष्णु थापा, उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष गणेश बहादुर क्षेत्री, नेकपा एमाले बाणगङ्गा नगर अध्यक्ष युवराज पोख्रेल, पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

उक्त कार्यक्रममा जिल्ला समन्वय अधिकारी भुमिराज पोख्रेल, कपिलवस्तुका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरे, वडाका वडा अध्यक्ष, सदस्यहरु, विभिन्न संग संस्थाका प्रमुख तथा प्रतिनिधि, प्रहरी प्रशासन,नगरका कर्मचारी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । नगर उपप्रमुख रिता कुमारी चौधरीको स्वागत, स्वास्थ्य शाखाका भक्तिराम पाण्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एम्बुलेन्स चालक, महिला स्वयंसेविका र नगर तथा स्वास्थ्य संस्थाका कर्मचारी लगायतलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल