बाणगङ्गाको पिपरा अस्पतालमा २ दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल सँगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गर्न लागेको हो ।
यही चैत्र ६ र ७ गते सञ्चालन हुने शिविरमा वडा न। १, २, ३, ४ र वडा न। १० र ११ को ६ गते मंगलबार चेकजाँच गरिने तथा वडा न। ५, ६, ७, ८ र ९ को ७ गते बुधवार जाँच गरिने जनाईएको छ ।