कपिलवस्तुको बाणगंगामा हाल सम्म लक्ष्यको १२७ प्रतिशत बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाइएको छ । नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले दिएको जानकारी अनुसार ९ महिना देखि १५ बर्ष उमेर समुहका २७ हजार ७ सय ६८ बालबालिकाले खोप लगाएका हुन । २१ हजार ८ सय ५९ बालबालिकालाई खोप लगाउने लक्ष राखिएपनि विद्यालयमा अन्य जिल्ला बाट अध्यनको लागि आएका बालबालिकालाई खोप लगाउँदा लक्ष भन्दा धेरै बालबालिकालाई खोप लगाइ सकिएको शाखा प्रमुख पौडेलले बताउनुभयो । अझै केहि ठाउँमा खोप लगाउन बाँकि रहेकोले खोप लगाउने बालबालिकाको सङ्ख्या बढ्ने उहाँले बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख पौडेलले दिएको तथ्याङ्क अनुसार बाणगंगा भित्रका वडाहरु मध्यै सबैभन्दा धेरै वडा नम्बर ११ का बालबालिकाले खोप लगाएका छन । जहाँ ४ हजार ३१४ बालबालिकाले खोप लगाएका हुन । जुन लक्षको १७८ दशमलव २ प्रतिशत हुन आउँछ । सङ्ख्याको आधारमा यहाँ खोप लगाउने सबैभन्दा धेरै पुगेका हनु । त्यस्तै ३ नम्बर वडामा सबैभन्दा कम बालबालिकाले खोप लगाएका छन । त्याँहा लक्षको ३९ दबमलव ३ प्रतिशत बालबालिकाले मात्र खोप लगाएका हुन । सङ्ख्यामा हेर्दा त्याहाँ ६०२ जनालाई मात्र खोप लगाइएको छ ।
त्यस्तै वडा नम्बर १ मा १९ सय बालबालिकाले खोप लगाएका छन । जुन लक्षको ९८ दशमलव ७ प्रतिशत हो । त्यस्तै वडा नम्बर २ मा ४ हजार २ सय २१ जनाले खोप लगाएका छन । जुन लक्षको १७८ दशमलव ८ प्रतिश रहेको छ । वडा नम्बर ४ मा ४ हजार १ सय ९१ जनाले खोप लगाएका छन । जुन लक्षको १८३ दशमलव ० प्रतिशत हुन आउँछ । त्यस्तै वडा नम्बर ५ मा २ हजार ३७ बालबालिकाले खोप लगाएका छन । जुन लक्षको १३६ दशमलव ५ प्रतिशत रहेको छ । त्यस्तै वडा नम्बर ६ मा १ हजार ३ सय १५ बालबालिकालाई खोप दिइएको छ । जुन लक्षको १०४ दशमलव ५ प्रतिशत हुन आउँछ ।
त्यस्तै लक्षको १२० दशमलव ८ प्रतिशत खोप दिइएको वडा नम्बर ७ मा २ हजार १०६ बालबालिले खोप लगाएका छन । त्यस्तै वडा नम्बर ८ मा ४ हजार १३ जनाले खोप लगाएका छन । जुन लक्षको १३५ दशमलव २ हुन आउँछ । त्यस्तै वडा नम्बर ९ मा १७ सय ३९ जनाले खोप लगाएका छन जुन लक्षको १११ दशमलव ८ प्रतिशत रहेको छ । त्यस्तै १ हजार ३३० डोज खोप दिइएको वडा नम्बर १० मा ५७ दशमलव ६ प्रतिशत बालबालिकाले खोप लगाएका छन ।