बाणगंगा नगरपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुर स्थित अमृते सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको शिविरमा वन उपभोक्ताहरुले निशुल्क स्वास्थ्य लाभ लिएका छन् ।
भर्तापुर स्थित सामुदायिक वनको सभाहलमा आयोजना गरिएको शिविरमा वडा न ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनहरुले जनताको स्वास्थ्यका सवालमा राम्रो भुमिका खेलेको बताउनुभयो । उहाँले वडाका पनि विभिन्न स्वास्थ्य क्षेत्रका कार्यक्रमहरु रहको भन्दै यस्ता कार्यक्रमा समुदायका सबै संघ संस्थाले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अमृते सामुदायिक वनले नौलो कर्याक्रम सुरुवात गरेको बताउनुभयो । सम्पन्न शिविरमा महिलाहरुमा देखिने विभिन्न रोगहरुको विशेषज्ञ चिकित्सकहरुद्धार चेकजाँच गरिएको थियो ।
शिविरमा ९३ जना महिलाहरुले आफ्नो रोगसँग सम्बन्धित भिडियो एक्स् रे गराएका छन भने पाठेघरको क्यान्सरका संकास्पद बिरामी १८ जनाको जाँच गरएको छ । अमृते सामुदायिक वनका अध्यक्ष योेगेन्द्र पौडेलका अनुसार शिविरमा १२५ बढीले जाँच गराएका छन् । देवदह मेडकल कलेजका डा. आरती श्रेष्ठ र डा. सुमन बज्राचार्यको मेडिकल चेकजाँचसहित सम्पन्न शिविरमा अमृते सामुदायिक वनका उपभोक्ता बिरामी सदस्यहरुले जाँच गराएका थिए ।
कार्यक्रममा सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलको अध्यक्षतासहित वडा अध्यक्ष कमल पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कोइलीचौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुसाल, वनका सल्लाहाकार हरिाराज घिमिरे, नारायण खनाल लागएतको आतिथ्ता रहेको थियो । कार्यक्रम वनाका सचिव मीना सिंजापतिको संचालनमा सम्पन्न भएको हो ।