कपिलवस्तुमा हाल सम्म लक्ष्यको ९९ प्रतिशत बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लगाएका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुका खोप अधिकृत दिवाकर महर्जनका अनुसार ९ महिनमा देखि १५ बर्ष उमेर समुहका बालबालिकामा फागुन १३ गते देखि अभियान थालिएको थियो । जसमा ४ चरणमा पालिका विभाजन गरेर खोप अभियान थालिएको थियो । पहिलो चरणमा कपिलवस्तु नगरपालिका र विजयनगर गाउँपालिकामा फागुन १३ देखि २१ सम्म, दोस्रोमा यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकामा फागुन १५ देखि २१ गते सम्म खोप अभियान चलाईएको थियो ।
तेस्रो चरणमा शिबराज, कृष्णनगर, महाराजगंज र वाणगंगा नगरपालिकामा १८ गते देखि २४ गते सम्म त्यस्तै चौथो चरणमा बुद्धभुमीमा २२ गते देखि २८ गते सम्म संचालन गरेकोमा अझै केहि दिन अभियान थप गरिएको खोप अधिकृत महर्जनले जानकारी दिनु भएको छ । अन्य पालिकामा भने अभियान सम्पन्न भइसकेको उहाँले जानकारी दिनु भयो । पालिकाहरुमा सबै भन्दा धेरै मायादेवीमा १११ प्रतिशत खोप लगाइएको छ । दास्रोमा कपिलवस्तु नगरपालिका कपिलवस्तुमा १०२.४ प्रतिशतमा खोप लगाइएको छ ।
त्यसै गरि शिवराज नगरपालिकामा १०२ प्रतिशत, महाराजगंजमा ९७.७ प्रतिशत, बिजयनगर गाउँपालिकामा ९७.५ प्रतिशत, शुद्धोधनमा ९५ प्रतिशत, यशोधरा गाउँपालिकामा ९२.८ प्रतिशत र सबै भन्दा कम कृष्णनगर नगरपालिकामा ९०.३ प्रतिशतमा खोप लगाईएको छ । कपिलवस्तु जिल्लालाई केन्द्रले दिएको टार्गेट २ लाख ९ हजार रहेको थियो र सोहि अनुसार प्रगति भइरहेको अभिकृत महर्जनले जानकारी दिनु भयो । पुरा बिबरण भने २ । ४ दिनमा सार्वजनिक गरिने उहाँको भनाई छ ।