अर्घाखाचीको सितगंगा नगरपालिका वडा नं. १४ मा रहेको महासमय गुफा , महा समय स्थलको लुम्बिनीका प्रदेश प्रमुख अमिक सेरचनले सो स्थलको अवलोकन भ्रमण गर्नु भएको छ ।
महासमय गुफाको नामले परिचित अर्घाखाचीको सितगंगा नगरपालिका अवस्थीत सो गुफामा ५ सय जना भिक्षुले ध्यान गरि मुक्ति गरेको किम्म दन्तीका आधारमा सो गुफाको नाम राखिएको त्यहाका स्थानीयले बताउदै आएका छ । सो गुफा भित्र बिभिन्न आकारका मुत्र्ति, मानिसका दात र मानिसका सरिका बिभिन्न आकारहरु पनि सजिलै गुफा भित्र वालहरुमा सजिलै देख्न सकिन्छ ।
सो गुफा देखि करिव ७ सय मिटर टाडा त्यस्तै पौराणिक पुरातात्विक स्थलका रुपमा परिचित रहेको महासमय स्थल वाणगंगा नगरपालिका भित्र रहेको छ । भगवान गौतम बुद्धले ध्यान गर्ने क्रममा प्रयोग गरेका बिभिन्न आकारका बिभिन्न बस्तुहरु समेत रहेको भन्ने आसंकामा सो स्थानलाई त्यहाका स्थानीले तारबेर गरि त्यसको संरक्षण गरेको बताउदै आएका छन् । त्यसको अध्यन अनुसन्धान गरि संरक्षण गर्नका लागि लुिम्बनी प्रदेश सरकार लागि पर्ने कुरामा प्रदेश प्रमुख अमिक सेरचनले जोड दिनु भयो ।
सो स्थानमा पुगेर अवलोकन गरे पछि लुम्बिनी प्रदेश प्रमुख अमिक सेरचनले यस्ता महत्व पुर्ण स्थलहरुको पहिचाहन गरि संरक्षण गर्नु आम नागरिकाको दायित्व भएको हुदा महासमय गुफा, महासमय स्थलको अध्यन अनुसन्धान गर्नका लागि बिज्ञग्यहरुको टोलि खटाएर यसको बास्तबिकता केहो सो स्थानमा अन्य महत्वपुर्ण पुरातात्विक बस्तुहरु हुन सक्ने हुदा यसको संरक्षण , र प्रचार प्रसारमा लुम्बिनी प्रदेश सरकार लाग्ने कुरामा विश्वास दिलाउनु भयो ।