कपिलवस्तुको वाणगंगा वडा नं. ८ मधुवनमा रहेको मधुवन धाम वटपा महावन विहारमा आयोजित बुद्धमूर्ति प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
सन २०२४ मार्च १२ मा युनेस्कोमा कृबा चाओ श्रीविचाईलाई सम्मान गर्ने परियोजना अनुसार रत्नश्री लान्ना बुद्धको प्रतिमा र भिक्षु कृबा चाओ श्रीविचाई तोनबुन लान्नाको १५० औ जन्मजयन्तीको अवसरमा उहाको प्रतिमा प्रस्तुत गरिएको छ ।
सो धाममा थाइल्याण्डका पतिनीधीहरुको सहभागितामा लान्ना बुद्धको प्रतिमा बोद्ध गुम्बाका प्रमुखलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बनी प्रदेश प्रमुख अमिक सेरचनले कार्यक्रमलाई सम्बोधन गर्दै विश्का लागि महान सन्देश दिने दार्शनिक जन्मेको स्थलको वारेमा हामी नेपालीले गर्वका साथ प्रचार प्रसार गर्न नसक्नु ,बुद्धका उपदेशका बारेमा जानकारी लिन नसक्नुले हामी नेपाली भन्दा बित्तिकै बिश्व संसारले बुद्ध जन्मेको देश भनेर चिन्दै गर्दा हामी नेपालीले यसको प्रचार प्रसार गर्न नसक्नु निकै दुखको कुरा रहेको उहाले बताउनु भयो ।
गौतम बुद्धले आफनो राज शासन त्यागेर संसारका मानव उत्पती किन भयो र किन मान्छे जन्म छ किन मान्छे मर्छ सुख पाउने र दुख पाउने बिचको किन बिभेद छ जस्ता बिषयमा सबै कुरा त्यागेर खोज अनुसन्धान तपस्या गर्नु भयो । गौतम बुद्धले महा बनमा तपस्या गरेका बिषयमा बाल्दै यसको संरक्षण र प्रबर्धन गर्नका लागि लुम्बनी प्रदेश सरकार कटिबद्ध रुपमा लागि पर्ने बताउदै । बिदेशि पाउनाहरुको स्वागत लुम्बनी प्रदेशमा गर्न पाउदा आफुलाई खुसी लागेको बताउनु भयो ।
बिशिष्ट अतिथी लुिम्बनी प्रदेकका सामाजिक बिकास मन्त्री चन्द्र केस गुप्ताले भगवान गौतम बुद्ध जन्मिएको देशका हामी नागरिक भनेर बिश्व सामु परिचय दिन पाउनु एउटा गर्भको बिषय रहेको बताउदै हाम्रो देश नेपालमा बिश्का हरेक देशका नागरिक बुद्धका बारेमा धेरै जान्ने जिज्ञासा लाग्ने मानिस आउने गरेको बताउदै हामीले बुद्धको प्रचार प्रसारमा कमि भएको उहाले बताउनु भयो ।
श्रीविचाई वाट डोई ती फाउन्डेसनका अध्यक्ष तथा लम्फुन प्राप्तका पूर्व गर्भनर (प्रदेश प्रमुख) डा. डिरेक कोनक्लेभले बोल्दै बुद्ध जन्मेको लुम्बिनी शान्तिको हिसाबले धेरै अगाडि भएको बताउनु भयो । साथै नेपाललाई गौतम बुद्धले चिनाएको समेत बताउनु भयो ।
कार्यक्रममा महाबन र यस क्षेत्रका बिषय वस्तु र मानव जिवनमा मानिसका सात चरित्रका बारेमा बर्णन गरिएको रोहीणी पानि विवाद कपिलवस्तु महावन र महा समय स्थल नामक पुस्तकको बिमोचन समेत गरिएको थियो । जस्का लेखक चर्तुभुज पाण्डे ,पोम नारायण पौडेलले प्रकाशन गर्नु भएको हो ।
यसै बिच कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं. ८ उदयपुरमा रहेको जन सेवा आधारभुत विद्यालयका ५० भन्दा बढि गरिव जेहेन्दार छात्र छात्राका लागि थाइल्याणबाट आएका प्रतिनीधीहरुले कापी ,पेन्सील, खानेकुरा सहित खेलकुदका सामाग्री नगद १ लाख २० हजार रकम हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुखको अध्यक्षता , लुम्बिनी प्रदेश प्रमुख अमिक सेरचनको प्रमुख आतिथ्यता , लुिम्बनी प्रदेकका सामाजिक बिकास मन्त्री चन्द्र केस गुप्ताको बिशिष्ट आतिथ्यता, वडा अध्यक्ष बाबुराम अर्यालल,विभिन्न राजनिक दलका प्रतिनिधि, विभिन्न संग संस्थाका प्रतिनिधि,बुद्धिजिवि, थाइल्यान्डका पुर्व उच्च पदस्थ, गर्भनर,सेना प्रमुख, सामाजिक विकास विभाग, अन्तरराष्ट्यि स्तर कम्पनी प्रमुख,स्वास्थ्थ विज्ञ,शिक्षा क्षेत्रका प्रध्यापक, उपासक उपासनिक गरी २०० जनाको उपस्थिति रहेको कार्यक्रममा नेपालको भाषालाई थाई भाषामा थाइल्याण्डबाट नेपाल आएका प्रतिनीधीहरुका लागि महाबन र बुद्धका बिभिन्न बिषय बस्तुका वारेमा सुमंगल भन्ते गुरुले प्रकाश पार्नु भएको थियो । भने कार्यक्रको संचालन पोमनारायण पौडेलले गर्नु भएको थियो ।