सल्यानको शारदा नगरपालिका वडा नम्बर–३ का तत्कालीन अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
थापाले मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता निकासा गरी आफैँले बुझिलिएको पाएपछि आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । थापाले मृत्यु भइसकेका व्यक्तिको नामको ५१ हजार रुपैयाँ लिएको खुलेको अख्तियारले जनाएको छ ।
तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ९१० को खण्ड ९ग० बमोजिम कसुरमा जरिबाना र कैद सजायको माग गरी आरोपपत्र दायर भएको छ ।