राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड ‘ख’ बमोजिम राष्ट्रपतिले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्नुभएको हो ।
मधेश प्रदेशका प्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीलाई राष्ट्रपतिले पदमुक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।