घरको दैलो बाट निस्केपछि कर तिर्न सुरु गर्नुपर्ने बाध्यता आएको उद्योगी तथा व्यवसायीहरुले गुनासो गरेका छन । राज्य एउटा भएपनि कर भने एउटै कामको लागि धेरै पटक तिर्नुपरेको भन्दै ऊनीहरुले गुनासो गरेका हुन ।
मङ्गलबार कपिलवस्तु उद्योग ब्यापार संघले आयोजना गरेको आगामी वर्षको निति तथा कार्यक्रम एवं बजेट निर्माणमा सरोकारवालाहरु सङ्ग सुझाब सङ्कलन कार्यक्रममा ऊनीहरुले यस्तो गुनासो गरेका हुन । स्वदेशी उत्पादन हरेक वर्ष खेर गैरहदा पनि सरकारले विदेशी उत्पादनलाईनै प्राथमिकतामा राख्दा व्यवसायी मारमा परिरहेको उनीहरुले बताए । व्यवसायीहरुले एकद्वार प्रणाली बाट कर तिर्न सकिने व्यवस्था गराउन पनि ऊनीहरुको माग रहेको छ ।
कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले देशभरका उद्योगी व्यवसायीहरुका समस्यालाई सरकारले सुन्ने बनाउनको लागि ब्यापार संघको स्थापना भएको बताउनुभयो । देशको अर्थतन्त्र केहि व्यापारीको हातमा मात्र रहेको भन्दै अब सातै प्रदेशका व्यवसायी मिलेर त्यो जालो तोड्न आवश्यक रहेको बताउनुभयो ।तिनै व्यापारी व्यवसायीलाई अनुकुल हुनेगरी सरकारले राजस्व लगायतमा नियम कानुन बनाउने गरेको उहाँले आरोप समेत लगाउनुभयो ।
त्यस्तै उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले आगामी निति तथा कार्यक्रम एवं बजेटलाई व्यवस्थित, उपयुक्त र व्यवहारिक बनाउनको लागि यस क्षेत्रका सम्बन्धित सम्पुर्ण पक्षलाई राखेर सुझाब सङ्कलन गरेको बताउनुभयो । उहाँले खुला सिमानाकाका कारण भैरहेको अवैध सामानको बिगबिगी, भारत तथा तेस्रो मुलुक बाट व्यवसायीले सामान ल्याउदा कर लगायत विभिन्न बहानामा खेप्नु परेको समस्या, भारतिय मालबाहक सवारी साधन, स्थल मार्ग बाट आउने पर्यटक माथि रहेका अफ्ठ्याराहरुलाई हटाउन आफुहरुको माग तथा सुझाब रहेको बताउनुभयो ।
त्यस्तै औसधि व्यवसायी महासंघ कपिलवस्तुका उपाध्यक्ष गोपाल खनाल, मदिरा व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष कुल चन्द्र सिग्देल, वैज्ञानिक वन व्यवस्थापनका वरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मी, रमेश शर्मा, श्रीङ्घाट सामुदायिक वनकी सचिव सुस्मा खाँण, बाणगङ्गा ट्रक तथा यातायात व्यवसायी संघका अध्यक्ष लक्षमण भुसाल, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष बिष्णु पाण्डे, देबदह उद्योग ब्यापार संघका कार्यबाहक अध्यक्ष अमृत पुरी, फोटो व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रामचन्द्र बेल्वासे लगायतले आफ्नो क्षेत्रका समस्या, गुनासा र सुझाबहरु प्रस्तुत गर्नु भएको थियो
माधव भाटको अध्यक्ष्ता, व्यापार संघका सल्लाकार रेवता पौडेलको स्वागत मन्तव्यमा भएको कार्यक्रम उद्योग ब्यापार संघका महासचिव बासुदेव घिमिरेले सञ्चालन गर्नु भएको थियो ।