गत कार्तिक देखि हराइरहेका आयुष बस्नेतको शव फेला परेको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका १ वीरपुर घर भएका बस्नेत गत कार्तिक १२ गतेदेखि हराइरहेका थिए ।
काठमाडौंँबाट घर हिडेका उनी हराएको भन्दै घरपरिवारले खोजबिनका लागि सबैमा अपील गरेका थिए । उनको शव धादिङको गल्छि गाउँपालिका ६ बैरेनीमा फेला परेको जनाइएको छ । सडेको अवस्थामा फेला परेको शव नजिकै उनको परिचय पत्र समेत भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङ्गले शव फेला परेको जनाएको छ । उनको शवलाई टिचिङ हस्पिटल काठमाण्डौ पठाएको प्रहरी चौकी बैरेनीका प्रमुख बिरेन्द्र शाहले जानकारी दिए ।