कपिलबस्तुको बाणगङ्गा वडा न। ८ मा करिब ९ किलो मिटर क्षेत्रमा तारबार गरिएको छ । नवप्रभात सामुदायिक वनले आफ्ना उपभोक्ता रहेका ५ वटा टोलमा उक्त तार वार गरको हो ।
वर्तमान समयको विद्यमान समस्या छाडा पशु चौपायाबाट ग्रसित कृषकहरूलाई मध्यनजर गर्दै वनले काँडेतारले घेरेका वनका अध्यक्ष डिल्लीराज रेग्मीले बताए । उनले वनले तयार गरेको वार्षिक कार्ययोजना साधारण सभाबाट अनुमोदन भएपछि काम गरिएको जानकारी दिए । साथै वार्षिक कार्यक्रम अन्तर्गत रहेर ‘वन व्यवस्थापन’, ‘गरिबी न्यूनीकरण’, ‘सामाजिक विकास कोष’ र ‘प्रशासनिक खर्च’ गरि ४ वटा शीर्षकमा कार्य गर्ने गरेको रेग्मीले वताए।
तारबार गर्दा वनका सदस्य, समाजसेवी, बुद्धिजीवीको सर सल्लाह बाट समस्या पहिचान गरि ‘सामाजिक विकास कोष’ शीर्षकमा रहेर किसानहरूको खेती बालीलाई मध्यनजर गरेर तारबार गरिएको छ । उनले काँडेतार लगाउन वनले २५ लाख रुपैयाँ लगानी गरेको बताए । अध्यक्ष रेग्मी ले वनले छुट्याएको २५ लाख रुपैयाँले वन आफैले फलामका एङ्गल सिमेन्ट, काँडेतार, मिसक्ट जस्ता सामग्री खरिद गरिएको हो । उपभोक्ताको श्रम र कतिपय ठाँउमा थोरै आर्थिक लगानी पनि भएको बताईएको छ ।
त्यस्तै गरि सामुदायिक वनद्वारा ‘गरिबी न्यूनीकरण’ शीर्षकमा रहेर ५ टोलमा अति विपन्न परिवारलाई आवास निर्माणको कार्य गरिरहेको रेग्मीले जानकारी दिए । उनले वनले विशेष गरि किसान लक्षित कुलो सिचाँई जस्ता कार्यक्रम गरिरहेको पनि जानकारी दिए ।
उता कृषकहरूले पनि तारबार गरेपछि मकै खेती गर्न थालिएको बताएका छन् । विगतका वर्षमा खेती गर्न नपाएका किसान मकै खेती गर्न पाउँदा खुशी भएको छन् ।
त्यस क्षेत्रमा ९०३ घरधुरी रहेकोमा लगभग ७ सय भन्दा माथि घरधुरी लाई समेटेर पहिलो चरणको तारबार गरिएको हो । बाँकी उपभोक्तालाई पुन दोस्रो चरणको कार्यमा समेटिने अध्यक्ष रेग्मीले बताए । त्यसैगरी यो संरक्षण बाट मुख्यत छाडा चौपाया समस्यामा रहेका कृषकहरूलाई राहत प्रदान गरेको उनले बताए । तारबार गर्नुभन्दा अगाडि छाडा पशु चौपायाले अन्नबाली, घाँस, दलहन जस्ता खेतीबाली स्याहार्न नपाएको गुनासो कृषकहरूको रहेको उनले बताए । उनले त्यो समस्या अहिले नियन्त्रण भएको बताए ।