उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानुनमा रहेका समस्यालाई फास्ट ट्र्याकु बाट सम्बोधन गर्नु आवश्यक रहेको बताउनुभएको छ ।
काठमाण्डौमा नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले अहिलेको कानुनमा रहेका त्रुटि तथा समस्यालाई ुफास्ट ट्र्याकु बाट सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताउनुभयो ।
उहाँले निजी क्षेत्र उत्साहित नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने उल्लेख गर्नुभयो । लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको उहाँको भनाइ छ ।
यसैबीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले आर्थिक एजेन्डामा सबै राजनीतिक दलहरू एक नभए देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताउ