कञ्चन गाउँपालिका रुपन्देहीको आयोजनामा कञ्चनका जनप्रतिनिधि र कर्मचारीहरुका लागि शुक्रवारदेखि सुरु भएको दुई दिने क्षमता विकास सम्वन्धि तालिम शनिवार समापन भएको छ ।
बुद्धभूमि कन्सलटिङ्गको व्यवस्थापनमा भएको तालिमको समापनका अवसरमा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले काम गर्ने दौरानमा जनप्रतिनिधि र कर्मचारीबीच कसरी तादात्मयता मिलाउने र कसरी समन्वय गरेर काम गर्ने भन्ने बिषयमा दुई दिने तालिम महत्वपूर्ण भएको बताउनु भयो । उहाँले काम गर्दा गर्नुपर्ने प्रकृयाहरु, सार्वजनिक खरिद ऐनका बिषय लगायत कार्यसम्पादनसंग जोडिएका कुराहरुमा तालिमबाट धेरै सिक्ने र जान्ने अवसर प्राप्त भएको बताउनु भयो ।
तालिम समापनकै अवसरमा बोल्दै कञ्चन गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले सिंगापुरको पोर्टमा लिएको तालिम स्मरण गर्दै चित्रले भन्दा पनि चरित्रले चिनिनुपर्दछ भन्दै चरित्र राम्रो भयो भने तस्बीर आफै राम्रो देखिन्छ भन्नुभयो । उहाँले सकारात्मक सोच हुनु नै राम्रो देखिनु हो भन्दै तालिमले धेरै कुरा सिकाएको सुनाउनु भयो ।
क्षमता विकास तालिममा प्रशासनबीद काशीराज दाहाल र राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त कृष्णहरी बास्कोटाले सहजीकरण गर्नुभएको हो ।कार्यक्रममा पालिका उपाध्यक्ष मौसमी थापा मगर, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम । रोजगार संयोजक ईश्वरी ज्ञवाली लगायतले बोल्नुुभएको थियो । सुुचना अधिकारी गिरीराज अर्याको सञ्चालनमा सम्पन्न भएको तालिममा जनप्रतिनिधी, कर्मचारी लगायत गरी ६० जनाको सहभागिता रहेको थियो ।
ल्बदष्ल