रास्वपाले शनिबार कपिलवस्तुको बाणगंगा स्थित बुद्ध रंगलाशामा आयोजना गरेको खुला सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले कपिलवस्तुको खुला सभामा जनताले देखाएको यो उत्साहले अब धेरैलाई छटपटी हुने समेत दाबी समेत गरे । देशले चिनेका नभए पनि रास्वपासँग देशलाई चिनेका एक एक असल मान्छे रहेको भन्दै उनले देशको संसदलाई जनताका कुरा स्पष्ट राख्न सक्ने मान्छे रास्वपाबाट पुगेको बताए । घण्टीको आवाज सदनमा पनि जोडदार बज्ने गरेको उनको भनाइ थियो । अब यतिले मात्र नपुग्ने भन्दै कपिलवस्तुका जनताले समेत आउँदो निर्वाचनमा घण्टी बजाउने सासंद पठाउने दाबी समेत गरे ।
उनले भने, जबसम्म हामी राम्रो काम गर्छौ हाम्रो समर्थन गर्ने र गलत गर्दाका दिन हामीलाई कपिलवस्तु छिर्न नदिने हो । जनताले यसरी सोच्न पर्छ । घण्टी तब सम्म बजाउनुस जब सम्म हामी इमानको राजनिति गर्छौ । कपिलवस्तुका जनतालाई दल बदल्ने नभई मन बदल्न उनले आग्रह गरे । आफ्नो अमूलय मत सुरक्षित राख्ने हो । उनले भने, जनता र जनताका मुद्दालाई केन्द्रमा राखेर आफ्नो अभिमत प्रयोग गर्ने हो ।
उनले आफुले दिएको कपिलवस्तुको क्याप्सुल अब चार वर्ष जोगाएर राख्न सक्नुहुन्छ भन्दै मैदानमा बसिरहेका जनता जुरुक्कै उठाए । उनले भने कतै हसिया हथौडाले बजाउला, कहि रुखको हाँगाले लाग्ला, सूर्यको तापले पोल्ला तर आज मैले भनेका कुरा एउटा क्याप्सुल सम्झिएर प्रयोग गर्नुहोला केही असर गर्ने छैन कुनै पनि तागतले ।
आफूलाई माया गर्ने देशभरीका जनतालाई भेट्न देशभर दौडिएको भन्दै उनले समाचारमा आउने हेडलाइन र आरोपले केहि पनि असर गर्दैन । म देशभरिका बा–आमासँग शीर निहुराउन जानेको छु, तर कोठामा बसेर कसैले षड्यन्त्र गरेको भए त्यो भण्डाफोर पार्ने र त्यसको हिसाब पनि राख्न जानेको छु ।
उनले भने, ‘यो शीर तमाम बा–आमाहरुले आशिर्वाद दिएको शीर हो, कसैले छेदन गर्न खोज्दैमा केही असर पर्ने वाला छैन । हामी असल उमेद्धार लिएर आएका छौँ, अब घण्टी बजाउँछौँ, अब देशमा कसैले भोको पेट बस्न नपरोस, कसैका छोराछोरी शिक्षाबाट बञ्चित हुन नपरोस, कसैले स्वास्थ्यका लागि उपचारबाट बञ्चित हुन नपरोस यही संकल्प लिएर हिडेका छौँ ।’
हिजो, कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई वा माओवादीले कांग्रेस एमालेलाई गाली गरि गरि समय खेर फालेको भन्दै अहिले सबै मिलेर रास्वपालाई कमजोर पार्ने काममा लागिरहेको आरोप समेत लगाए ।
जति घेराबन्दी र चरित्र हत्या गर्न खोजिएको छ, त्यसको हिसाब अब नेपाली जनताले दिने भन्दै उनले भने , ‘एउटा सामान्य संचारकमर्मी र सामान्य मान्छेलाई सारा नेपालीको माया मिलेको छ, मलाई यति भन्दा केही चाहिएको छैन, अब यही पुँजीलाई जोगाएर आउँदो निर्वाचनमा रास्वपाको नेतृत्वको सरकार बनाउने छौँ र ३४ वर्ष सम्म देश कसरी कसले लुट्यो एक एक हिसाब लिने छौँ ।’