ईलाका प्रहरी कार्यालय पिपराले लागु औषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु नगरपालिका ११ जहदीका सुरज चौधरीलाई लु २२ प ७५० नम्बरको सुपर स्पेलेण्डर मोटर साईकल प्लाष्टिक सहित १५ ग्राम ४३० मिलिग्राम खैरो हिरोईन बिहिवार दिउसो अन्दाजी दिउसो ३ ः ३० बजेको सयमा कपिलवस्तु नगरपालिकाको वडा नं. ११ बनगाई बग्दी भित्रि सडक खण्डबाट बिशेष सुचनाका आधारमा चेकजाच गर्ने क्रममा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपाल रायमाझीले जानकारी दिनु भयो ।
रायमाझीको कमाण्डा खटिएको टोलीलले लागु औषध सहित एक जनालाई नियन्त्रमा लिएको छ । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका लागु औषध कारोवार गर्ने र लागु औषध प्रयोग कर्ता धेरै भएका कारण पनि लागु औषध नियन्त्रमा निकै चुनौती रहेता पनि प्रहरी निरिक्षक रायमाझी आएको पछि ६ महिना पुरा हुदा ३३ जना लागु औषध कारो वारीबाट ४५ ग्राम ६५ मिलि ग्राम लागुऔषध बरामद भएको बताउनु भयो ।
यहाँको मुख्य समस्याको रुपमा रहेको लागु औषध नियन्त्रमा वाणगंगा नगरपालिकामा धेरै चुनौति रहेता पनि स्थानीयको सहयोगबाट धेरैलाई नियन्त्रणमा लिन सफल भएको प्रहरी निरिक्षक रायमाझीले बताउनु भयो । लागु औषध नियन्त्रमा आफुले कुनै कसुर नराखि कटिबद्ध रुपमा लाग्ने उहाँको भनाई छ ।