राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । विभिन्न ४० सुत्रीय माग सहित प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरिएको राप्रपा केन्द्रिय सदस्य धुर्व रायमाझीले बताउनुभयो ।
राजसंस्था र हिन्दुराज्य पुनस्र्थापन, संघियता खारेजी, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, निशुल्क गुणस्तरिय शिक्षा र स्वास्थ्यको सुनिश्चितता, २०४६ साल पछिका उच्चपदस्थ सम्पुर्ण राजनैतिक नेता, कर्मचारीको र परिवारको सम्पतिको छानबिन, बैक तथा बित्तिय संस्थहरुले एकल अंकमा ब्याजदर कार्यम गर्नु पर्ने, सुकुम्बासीको समस्या समाधान बिदेशमा रहेका नेपालिहरुलाई सर्बोच्च अदालतको निदेशनात्मक आदेश बमोजिम आगामी निर्बाचनमा मतदानको ग्यारेन्टि गर्नु पर्ने लगायत ४० सुत्रीय माग ज्ञापनपत्रमा पेश गरिएको छ ।
ज्ञापनपत्र पेश गर्नु अघि जिल्लको बाणगंगा, शिवराज, शुद्धोधन र कपिलवस्ुत नगरपालिका बाट आएको जुलुसले नगर परिक्रमा गरिएको थियो । ज्ञापनपत्र पेश गरेपछि जिल्ला प्रशासन अगाडि कोण सभा समेत गरिएको थियो ।
कार्यक्रममा केन्दि« सदस्य ध्रुब रायमाझी, प्रदेश सदस्य कनिजा रगरेज, फतेमा देवेन्द्र श्रीवास्तव, जिल्ला उपाध्यक्ष चन्द्र भन्डारी लगायतले बोल्नुभएको थियो ।
जिल्ला अध्यक्ष नारायण बहादुर सिङको अध्यक्षता र सचिव प्रेम शंकर सुक्लको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा केन्दिय सदस्य तथा शिवराज नगर प्रमुख अजय थापा, प्रमोद मिस्र लुम्बिनि प्रदेश कोषाध्यक्ष कृस्णा पौडेल, दिपक रजौरिया, जिल्ला उपाध्यक्ष ईदिर्स मुसलमान, सतृगन चौधरी, जनजाति बिभाग केन्दिय सदस्य सुर्य गुरुङ, संगठन प्रमुख राजेन्द्र विक्रम शह, रामु शर्मा, नगर कार्यसमिति अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।