रचना क्षेत्री
कपिलवस्तुको बाणगंगा नगरपालिकाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । बिरामीलाई रगतको आवश्यकता पर्दा शुल्क तिर्नुपर्ने, आफन्त गुहार्नु पर्ने र रगत दानकर्ताको खोजी गर्नु पर्ने बाध्यताबाट यहाँका बासिन्दा मुक्त हुने भएका छन ्।
बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका हुन ।
सम्झौतामा वाणगंगा नगरको तर्फ बाट नगर प्रमुख चक्रपाणी अर्याल र रक्तसंचार सेवा बुटबलको तर्फबाट सभापति दिपक क्षेत्री न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । बुटवल–भैरहवाको रक्तसंचार सेवा सहयोग पुग्ने गरि सेवा प्रवाह गरेवापत बाणगंगा नगरपालिकावाट बार्षिक न्यूनतम एक लाख रुपैयाँ अनुदान सहयोग गर्ने गरि सम्झौता भएको छ ।
उक्त सम्झौता २०८१ सालको असार मसान्त सम्म रहने भएको छ । सम्झौता अवधि पुन थप्न सकिने जनाइएको छ । निःशुल्क रगतको सेवा लिन बिरामीका आफन्तले बिरामी नगरवासी भएको प्रमाणित हुने प्रमाणको प्रतिलिपि देखाउनुपर्ने जनाइएको छ । नगरपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुले भने कर्मचारी परिचय पत्र देखाउनुपर्ने छ । वाणगंगा नगरपालिका अर्थात कपिलबस्तुका जनतालाई सोधभर्ना गरि निशुल्क रगत उपल्बध गराउने भएको छ ।