कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त प्यानलका गणेश क्षेत्रीले ६१ मत्को अन्तर्ले बिजयी भएका छन । क्षेत्रीले ९१२ र प्रतिस्पर्धी एमालेका मोहन न्योपाने ८५१ मत पाए। रास्वपाका लक्ष्मन कडलले१ ७० मत पाएका छन् ।
अध्यक्षमा निर्वाचित क्षेत्री बाणगंगा ४ का निवर्तमान वडा अध्यक्ष र क्षेत्री कपिलवस्तुका बरिष्ठ समाजसेवी स्व शेर बहादुर क्षेत्रीका सुपुत्र हुन् । क्षेत्रीले निर्वाचन लड्नु परे पनि सबै लाई मिलाएर लैजाने प्रतीबद्धता जनाएका छन् ।
यस्तै उक्त प्यानलका हुमानाथ पौडेल, वरिष्ठ उपाध्यक्षमा र नवदत्त घिमिरे महासचिवमा विजयी भएका हुन । अन्य पदमा भने मिश्रित नतिजा आएको छ । एउटा उपाध्यक्ष, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सचिवमा र केही क्षेत्रगत सदस्य लगायतमा मोहन न्यौपाने प्यानलका उम्मेदवार विजयी भएका छन्।
यसैगरी वरिष्ठ उपाध्यक्षमा पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले ८ सय ८१ मत हासिल गर्दा पराजित भएका वीरेन्द्र खाँणले ७ सय २४ मत हासिल गरे । स्वतन्त्र प्यानलका देवीलाल कँडेलले १ सय २९ मत हासिल गरेका छन्।
यस्तै महासचिव पदमा साझा प्यानलकै नवदत्त घिमिरेले ९ सय ७७ महत हासिल गरे । घिमिरेका प्रतिद्वन्दी मदन पौडेलले ९ सय ३३ मत हासिल गरेका थिए ।
यस्तै उद्योग उपाध्यक्षमा गठबन्धनका खुमानन्द घिमिरे ९ सय ५८ मत हासिल गरी विजयी भए । घिमिरेका प्रतिद्वन्दी रविन्द्र पौडेलले ९ सय २८ मत हासिल गरे ।
यस्तै वाणिज्य उपाध्यक्षमा न्यौपाने प्यानलका नारायण पौडेल लोकप्रिय मतसहित विजयी भए । उनले १ हजार २ सय २० मत हासिल गर्दा प्रतिद्वन्दी गठबन्धनका घनश्याम अधिकारीले ६ सय ६३ मत मात्र प्राप्त गरे ।
यस्तै वस्तुगत उपाध्यक्षको ११ मतमा शालिकराम भुसाल ६ मत हासिल गरी विजयी भए । उनका प्रतिद्वन्दी रनेन्द्र सेनले ५ मत हासिल गरी १ मतले पराजित भए । यस्तै एसोसिएट उपाध्यक्षमा ५६ मत हासिल गरी रामजि सेन विजयी भए । प्रतिद्वन्दी बुद्धिराम पौडेलले ३१ मत हासिल गरेका थिए । महिला उपाध्यक्षमा मिना पोख्रेल ८ सय ९१ मत हासिल गरी विजयी भइन् ।
यस्तै कोषाध्यक्ष र सह कोषाध्यक्षमा न्यौपाने प्यानलका धीरज खनाल र कृष्ण प्रसाद गैरे विजयी हुँदा सचिवमा पनि न्यौपाने प्यानलकै दामोदर पन्थी विजयी भएका छन् । यस्तै अन्य सदस्य पदमा पनि मिश्रित नतिजा आएको छ ।
मोहन न्यौपाने प्यानल एमाले निकट रहेर चुनावमा होमिएको थियो । यस्तै गणेश बहादुर क्षेत्री निकट संयुक्त प्यानलमा काँग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एस, राप्रपाको गठबन्धन गरी साझा प्यानल चुनावी प्रतिस्पर्धामा रहेको थियो ।