रचना क्षेत्री
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा लुम्बिनी प्रदेश गृह मन्त्रालयको सहयोगमा २ दिने मिडिया साक्षरता कार्यक्रम सम्पन भएको छ । दाङको भालुवाङ स्थित होटल इभरल्यान्डमा आयोजित दुईदिने मिडिया साक्षरता कार्यकम पत्रकारका लागि सञ्चार तथा सूचना तथा सञ्चारका विषयमा जानकारि गराउन तालिमको आयोजना गरेको महासंघले जनाएको छ ।
श्रमजीवी पत्रकारलाई विषयवस्तुको आलोचनात्मक मूल्याङ्कन गरी सूचनामा छलछामबाट बच्ने प्रविधिमा लैजाने उद्देश्यले उक्त कार्यकम्र आयोजना गरिएको नेपाल पत्रकार माहाँसंघ लुम्बिनी प्रदेश भयो । सोहि कार्यकम्रमा २ जना प्रशिक्षकहरु दुर्गालाल केसि र प्रमुख प्रशिक्षक सिरोमणि ढुङगानाले मिडिया साक्षरता सम्वन्धी विभिन्न विषयमा प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरीले गलत सूचना, भ्रम र झुटा समाचारको चुनौतीसँग लड्न मिडिया साक्षरतामा आधारभूत सीप विकास गर्न पत्रकारहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पत्रकारहरुका लागि मिडिया र सूचना साक्षरता सम्बन्धी तालिमले पत्रकारहरुलाई झुटा समाचारको बढ्दो युगमा मिडिया सामग्रीको आलोचनात्मक मूल्याङ्कन गर्न सशक्त बनाउने अपेक्षा गरिएको बताउनुभयो । सशक्त र सूचित पत्रकारहरूले अविश्वासको सामना गरेर मिडियाको विश्वसनीयता बढाउन काम गर्न सक्ने वताउनुभयो ।
सत्रका प्रमुख प्रशिक्षक तथा इन्टरनेशनल प्रेस इन्स्टिच्युट (आईपीएल नेपाल च्याप्टरका महासचिव सिरोमणि ढुंगानाले सञ्चारमाध्यम र सूचना साक्षरतामा आवश्यक ज्ञान र सीपसहित पत्रकारहरूलाई सूचना, सत्य, तथ्य प्रमाणीकरण र प्रमाणहरू सम्प्रेषण गर्न सक्षम बनाउन आवश्यक रहेको वताउनु भएको थियो ।
यस्तै प्रशिक्षक ढुंगानाले सामाजिक सिकाइ प्रक्रियामा मिडियाको प्रभावकारी भूमिकालाई प्रकाश पार्दै गलत सूचनाको बढ्दो चुनौतीसँग लड्न पत्रकारहरूलाई तथ्य जाँच गर्ने सीपहरू सक्षम बनाउनु पर्ने मा जोड दिनुभएको थियो । सचेत पत्रकारले सन्देश प्रवाह गर्दा सचेत निर्णय गर्न सक्ने र तथ्यमा आधारित सूचनाको प्रवाहले गुणस्तरीय पत्रकारिताको सम्भावना मात्र नभएर लोकतान्त्रिक मूल्यमान्यता र अभ्यासहरूलाई सुदृढ गर्न पनि मद्दत गर्ने वताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिका महासचिव विक्रम खड्काले सञ्चार र सूचना साक्षरता सम्बन्धी तालिमलाई प्रदेशका अन्य भागमा पनि निरन्तरता दिदै आएको र दिन बाकि रहेका ठाउँमा जिल्लामा पुगेर प्रशिक्षण दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कपिलबस्तु र अर्घाखाचिका २ जिल्लाका करिव २५ जना भन्दा वढि पत्रकार हरु सहभागी थिए । उक्त कार्यकम्र नेपाल पत्रकार महाँसंघ लुम्विनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरी को स्वागत मन्तव्य , नेपाल पत्रकार महाँसंघ लुम्विनी प्रदेश समिति का सदस्य पे्रमनारायण आचार्यको सञ्चालमा सम्मपन्न भएको छ ।