स्वास्थ्य सेवा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।
सङ्घ, प्रदेश तथा पालिकाहरुमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा डाक्टर प्रकाश क्षेत्रीलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा काठमाण्डौमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सलटेन्ट सर्जन डा। क्षेत्रीलाई उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरेको हो ।
यस्तै, नारायणी अस्पताल वीरगञ्जकी स्टाफ नर्स अञ्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य प्रशासक गजेन्द्रप्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा। मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा। पोमावती थापा पनि सम्मानित भएका छन् ।