ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ ।
महानगरले आज शुक्रवार सूचना निकालेर अव्यवस्थित तथा सडकको पोल–पोलमा राखिएका तारका अनावश्यक मुठाले सहरलाई कुरुप बनाएकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । महानगरले इन्टरनेट सेवा प्रदायक तथा नेपाल टेलिकमलाई सात दिनभित्र तार आफैँ हटाउन र तोकिएको समयभित्र आफैँ नहटाए कारबाही गर्ने चेतावनी दिएको छ ।
नगरलाई सुन्दर र ुस्मार्ट सिटीु बनाउने तथा सडक पेटी सुधारको अभियानमा सहयोग गर्न पनि महानगरले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।