चितवनमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङको गैँडाको आक्रमणबाट ज्यान गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उहाँलाई गैँडाले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन जना रहेका उहाँले जानकारी दिनुभयो ।