बाणंगगा साहित्यिक प्रतिष्ठान बाणगंगा ८ कपिलवस्तुले महेन्द्र मा।वि कोपवामा साहित्यिक जागरण अभियान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कोपवामा अवस्थित उक्त बिद्यालयका शिक्षक र बिद्याथीहरु गरि ५८ जनाको बिचमा साहित्यिक जागरण अभियान गरिएको हो ।
कार्यक्रममा कार्यक्रमको औचित्य, संस्थाको परिचय र लोकछन्द माथि प्रतिष्ठानका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले प्रकाश पार्नुभएको थियो । यस्तै संस्थाका निवर्तमान अध्यक्ष नित्यानन्द पाण्डे,संस्थाका सल्लाहकारद्धय सुर्य प्रसाद भुसाल र मोहन ज्ञवालीले क्रमश साहित्यको चिनारी, छन्दबारे जानकारी,संगित, कला र संस्कृतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सदस्य राधा पाण्डे, अध्यक्ष, सल्लाहकार लगाएतले कविता प्रस्तुत गर्नुभएको थियो । यस्तै सोही कार्यक्रमका बिच बिद्यालयमा बालकृष्ण बेल्बासे र बासुदेव अर्यालको संरक्षकमा साहित्यिक क्लब गठन गरिएको छ । जसको संयोजकमा मोहन यादब,सह(संयोजकमा बृक्षा खड्का, सचिवमा अनुषा आचार्य, सह(सचिवमा शिशिर कार्की, कोषाध्यक्षमा सुजाता गिरी, सदस्यहरुमा मनिष पोखे्रल, नवराज पौडेल, गोबिन्द यादव, र गिता थारु लगाएत रहनुभएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, बिद्यालयका पा्रचार्य तनुश्री भण्डारीको प्रमुख आतिथ्यता, शिक्षक टिका मल्ल,सन्तोष गैरे,बासुदेव अर्याल,बिमला आर्चायको आतिथ्यता सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो ।