पाल्पाको तिनाउ गाउँपालिका वाड नम्बर ( ३ भुतखोलामा घुम्न गएका एक युवाको डुबेर मृत्यु भएको छ । तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा पोखरीमा डुबेर पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनसार पठान र रुपन्देहीको सिद्धार्थनगर ( ४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका थिए । भुतखोलाको पोखरीमा फोटो खिच्न जाने क्रममा अचानक ढुङ्गाबाट चिप्लिन जाँदा पोखरीमा डुबेपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिई गई उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको पाल्पा जिल्लाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।