प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ ।
प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो ।
गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।