नेपालका लागि चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
सोमवार बिहान बालुवाटार पुगेका सङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो ।
भेटमा राजदूत सङले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैँ नेपालसँगै रहने बताउनुभयो । जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि चिनियाँ सहयोग, सद्भाव र भ्रातृत्वको लागि धन्यवाद दिनुभएको छ ।