उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नु भएको छ ।
कार्यालय समय सुरू हुनासाथ मन्त्री श्रेष्ठ आकस्मिक अनुगमनका लागि पुग्नु भएको थियो ।
अनुगमनका क्रममा उहाँले झन्झटरहित सेवा दिन कर्मचारीलाई निर्देशन दिनु भएको छ । यस्तै, उहाँले कार्यालयमा सेवा लिइरहेका सेवाग्राहीको गुनासो पनि सुन्नु भएको थियो । यातायात कार्यालयमा सेवाग्राहीलाई सेवा पाउन सास्ती छ ।
एउटै कामका लागि पटक पटक धाउनु परेको सेवाग्राहीको गुनासो बढे पछि मन्त्री श्रेष्ठले आज अनुगमन गर्नु भएको हो । हिजो उहाँले समयमा कार्यालयमा उपस्थित नहुने मन्त्रालयका कर्मचारीको तलब काट्ने चेतावनी दिनु भएको थियो ।