नेकपा (एमाले) बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लीला गिरी सर्वसम्मत चयन भएका छन् ।
लुम्बिनी प्रदेशसभा सह–इन्चार्जसमेत रहेका गिरी आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा. बालकृष्ण चापागाईंले जानकारी दिए । गिरी पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् ।
एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।