नेपाल कम्युनिष्ट पार्टी वाणगंगा नगर कमिटीको आयोजनामा कपिलवस्तुको वाणगंगा नगरपालिका चप्परगाउँमा एक घण्टे चक्का जाम गरेको छ ।
प्रधान मन्त्री केपी ओली सरकारका पालामा भएका सम्झौता अहिलेको बर्तमान सरकारले कार्यान्यन नगरेको भन्दै आफना नेता तथा कार्यकर्ताको अवीलम्ब रिहाईको माग राख्दै उनीहरुले चक्का जाम गरका हुन् । पौष एक गते देखि पाँच गते सम्म बिभिन्न चरणमा शान्ती पुर्ण आन्दोलन गर्दै आएको पार्टीले आज पहिलो चरणको आन्दोलनको अन्तीम दिन कपिलबस्तुको वाणगंगा नगरपालिका ,बुद्धभुमी नगरपालिका,शिवराज नगरपालिका, लगायका बिभिन्न स्थानमा शान्ती पुर्ण रुपमा चक्काजाम गरेका हुन ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका जिल्ला सदस्य गणेश थारुले के.पी आली सरकार संग भएका तिन बुदे सहमतीमा भुटा मुद्धा खारेज गर्ने, जेलमा रहेका राजबन्दीहरुलाई रिहाई गर्ने सहमती भएको थियो । भने बर्तमान गठबन्धनको सरकारले ति सम्झौता कार्यान्यन गर्नुको सट्टा महाँसचिव लगायत २८ जना नेता कार्यकतालाई ललितपुर जिल्ला अदालत मार्फत पक्राउ पुर्जी जारी गर्ने प्रयत्न गरेका कारण आफुहरु आन्दोलनमा उत्रिएको बताउदै बिगतमा भएका सम्झौता लाई कार्यान्यन नगरे अझ सशक्त रुपमा आन्दोलनका कार्यक्रमलाई अगाडि बडाउने सदस्य थारुले बताउनु भयो ।