रुपन्देहीको सालझण्डी आसपासमा रहेका होटलहरुमा प्रहरीकै संरक्षणमा देह व्यापार हुने गरेको गुनासो बढेको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डी नजिकका आसपासका होटलहरुमा देह व्यापारको अखडा भएको स्थानीयहरु बताउछन् ।
सैनामैना ११ का स्थानीय एक व्याक्तिले नाम नबताउने शर्तमा भने “दैनिक जसो जोडी जोडी आउँछन् अनि होटलमा नै महिला यौन कर्मीहरु राखेर देह व्यापारको अखडा बनाएका छन् ।” त्यहाँ प्रायय इन्डीयन नागरिकहरुको घुईचो हुने गर्छ भने सोही होटलहरुमा नेपाल प्रहरी , नेपाली सेनाहरु, सादा पोशाकमा यौन क्रिर्याकलापमा समेत संलग्न हुने गरेकोले प्रहरीलाई खबर गर्दा वास्ता गर्दैनन् उनले भने यस ठाँउ कै बदनाम भयो के गर्ने उनले गुनासो पोखे ।
केही समय अगाडी एक होटलमा देह व्यापारमा संलङ्ग एक महिला मृत समेत फेला परेकी थिईन् । यता ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीकै नेतृत्वमा ट्राफिकलाई लगाएर भारतीय ट्रकबाट असुली गर्ने, इलाकामा आउने बिभिन्न किसिमका मुद्धाहरुबाट खुलेयामा रुपमा पैसा लिने , सार्वजनिक जग्गामा माटो तस्करी गर्न लगाई असुली गर्ने गरेको आरोप छ । सैनामैना नगरपालिका वडा नम्बर ९ पिपलडाँडा र वडा नम्बर ८ चम्किपुर माटोको तस्करी हुने गरेको स्थानीयको भनाई छ ।
यता ईलाका प्रहरी कार्यालय सालझण्डीका भारतीय ट्रकबाट असुली हुने सन्दर्भमा टाफिकहरु जिल्ला मातहत रहेको हुँदा उनीहरुले गरेको हुन सक्ने तर यस विषयमा आफू जानकार नभएको प्रतिक्रिया दिए । यता देह व्यापारका सन्दर्भमा प्रश्न गर्दा उनले आफूलाई थाहा नभएको भन्दै फोन काटेका छन् ।
प्रहरी निरिक्षक मरासिनीले नेपाल प्रहरीमा प्रबेश गरे देखि उनी पहिलो पटक प्रहरी इन्चार्जको रुपमा रुपन्देहीको सालझण्डी इलाकामा रहेका छन् । यस भन्दा अगाडि उनी कपिलवस्तु जिल्ला प्रहरी कार्यालय कार्यरत रहेका थिए । कपिलवस्तुमा उनी रहदा उनको कार्य शैली देखेर सिनियर अफिसर देखि प्रहरी जवान सम्मका प्रहरी भित्रका केही प्रहरी कर्मचारी असन्तुष्ट रहेका थिए ।